Madhes Khabar
राजनीति

गेटमा आएर स्वागत नगरेको निहुँमा हेडमास्टरलाई थर्काएका रास्वपा सांसद पोखरलले मागे माफी

काठमाडौं,१२वैशाख : शिक्षकलाई थर्काएको विषयमा ओखलढुंगाबाट निर्वाचित रास्वपा सांसद विश्वराज पोखरेलले माफी मागेका छन् ।शनिबार एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो अभिव्यक्ति वा व्यवहारले आत्मसम्मान, भावना वा मर्यादामा चोट पुगेको भए क्षमायाचना गर्दछु भनेका छन् ।

सांसद पोखरेलले आफू जनताको सेवाका लागि राजनीतिमा आएको व्यक्ति उल्लेख गरेका छन् । पहिले पनि आफू जनताको सेवक रहेको, आज पनि जनताको सेवक रहेको र भविष्यमा पनि जनताको सेवक भएरै काम गर्ने जनाएका छन् ।

‘सार्वजनिक पद, राजनीतिक जिम्मेवारी र जनविश्वाससँगै आउने मर्यादा, संयम र उत्तरदायित्वलाई म गहिरोसँग आत्मसात् गर्दछु’, पोखरेलले भनेका छन्, ‘सार्वजनिक जीवनमा रहँदा मेरो बोली, व्यवहार र संयम अझ उच्च स्तरको हुनुपथ्र्यो भन्ने कुरा म पूर्ण रूपमा स्वीकार गर्छु । यदि कसैको व्यवहारबाट असहज परिस्थिति सिर्जना भएको भए पनि मैले अझ बढी धैर्य, मर्यादा र सम्मानका साथ प्रतिक्रिया दिनुपथ्र्यो । त्यस क्रममा मेरो अभिव्यक्ति वा व्यवहारले कसैको आत्मसम्मान, भावना वा मर्यादामा चोट पुगेको भए म हृदयदेखि क्षमायाचना गर्दछु ।’

पोखरेलले ओखलढुंगाको चण्डेश्वरी माध्यमिक विद्यालयमा भएको घटनाका विषयमा केही क्षणका दृश्यहरू मात्र काटछाँट गरी सामाजिक सञ्जालमा राखिएको आरोप पनि लगाएका छन् ।

सांसद पोखरेलले उक्त विद्यालयका प्रधानाध्यापकलाई थर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उनी माफी माग्ने अवस्थामा पुगेका हुन् ।

Screenshot

Related posts

खानेपानीमन्त्री भन्छन् : धरानका मेयरसा’ब हर्क कहाँ हुनुहुन्छ?खोजिदिनुपर्‍यो, म बजेट दिन तयार छु

MadhesKhabar

कांग्रेस,एमाले छाड्दै जसपामा प्रवेश गरेकाहरुलाई वीरगन्जका मेयर सिंहले गरे पार्टीमा स्वागत

MadhesKhabar

वीरगंज–२७ उदयपुरघुर्मीमा रास्वपा उम्मेदवार सुशील साह कानुको भव्य स्वागत

MadhesKhabar

Leave a Comment