Madhes Khabar
राजनीति

पर्सा– १ मा मतदातालाई जनमतका उम्मेदवार सर्राफले भने : युवालाई स्वरोजगार बनाउन मेरो उम्मेदवारी

वीरगन्ज,१३माघःपर्सा क्षेत्र नम्बर १ मा जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फले मंगलबार वीरगन्ज वडा नम्बर –३२ चोर्नीमा घरदैलो कार्यक्रम गरेर मतदातासंग भेटघाट गरेका छन् ।

मतदाताहरुसंग भेटघाटका क्रममा सरार्फले वीरगन्ज औद्योगिक नगरी भए पनि यहाँका युवाहरू बेरोजगार रहेको र रोजगारीको लागी पलायन हुनु परेको अवस्थाप्रति चिन्ता व्यक्त गरे। आफु निर्वचित भएपछि यस क्षेत्रका एकजना युवा पनि बेरोजगार नरहने र स्वरोजगारको लागी विशेष पहल गर्ने प्रतिबद्धता उनले जनाए।

राजनीतिक निकास र विकासको लागी जनमत पार्टी एकमात्र विकल्प रहेको हुँदा सबै मतदाताहरु जनमत पार्टीमा गोलबन्द हुन उम्मेदवार सरार्फले आग्रह गरे। कार्यक्रममा नेताहरू बिध्यालाल प्रसाद, रम्भा मिश्रा,भुपेन्द्र साह, सिए देवराज, डा.मनोज कुमार ,दिनानाथ साह, सहनवाज राकी,सत्ययुग साह,नरेश राम,सिकेश महतो ,निराजन कुशवाहा,शिव यादव ,स्थानीय युवाहरु दिलिप पासवान, दिनेश हजरा, सरोज पटेल लगायतको सहभागीता रहेको थियो।

Related posts

स्वदेशमै रोजगार र महिला सशक्तीकरणका लागि विशेष कार्यक्रम ल्याउने प्रदीप यादवको वाचा

MadhesKhabar

कांग्रेस नेता अमात्य, मन्सुरसहित ७ नेताकाे नाम मधेसबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार सिफारिस

MadhesKhabar

गणतन्त्रवादीलाई पनि चित बुझ्ने राजसंस्था ल्याउन चाहेका छाैं : कमल थापा

MadhesKhabar

Leave a Comment