Madhes Khabar
राजनीति हेडलाइन

ठाकुरराममा स्ववियु चुनाव हुनै पर्ने माग गर्दै विधार्थी नेताहरु अनसनमा

मधेसखबर
वीरगन्ज ,३०फागुन : वीरगन्जकाे ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन निर्धारित मितिमै हुनु पर्ने माग गर्दै विधार्थी नेताहरु अनसनमा बसेका छन् ।

विभिन्न  विधार्थी संगठनका नेताहरु क्याम्पस परिसरमा मंगलबार अपरान्ह ३ बजे देखि धर्ना दिदैं अनसनमा बसेका हुन् । अनसनमा नेविसंघ , अखिल क्रान्तिकारी ,अनेरास्ववियु, समाजवादी विधार्थी युनियन, विधार्थी  जनमत संघ, लाेकतान्त्रिक विधार्थी संघका विधार्थी नेताहरु बसेका छन् ।

स्ववियु निर्वाचन निस्पक्ष र यथावत मिति (चैत८) मै हुनु पर्नेमाग राखेर अनसनमा बसेकाे अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य शीवम साहले बताए ।क्याम्पस प्रशासन र निर्वाचन समितिले अमुक व्याक्तीलाई जिताउने षडयन्त्र गरेकाे तर आफुहरुले त्यसकाे प्रतिवाद गर्दा चुनाव नै भाड्ने षड्यन्त्र गरेकाे अनसनमा बसेका नेविसंघका तर्फबाट सभापतिका प्रत्यासी समेत रहेका मुनराज तिवारीले बताए ।उनले चुनाव निर्वाचन समितिले ताेकेकाे चैत ८ मै निषपक्ष चुनाव हुनु पर्ने माग आफुहरुकाे रहेकाे बताए ।

यता निर्वाचन समितिले साेमबार साँझ प्रकाशन गरेकाे मतदाता नामावली बारे केही विधार्थी संघसंगठनले विवाद गरेपछि निर्वाचन समितिले चुनावी प्रकृया तत्कालका लागि स्थगित गरेकाे छ । समस्या सामधानका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा मंगलबार साँझ ४ बजे सर्वपक्षीय बैठक बाेलाईएकाे छ । प्रमुख जिल्ला अधिकारीकाे उपस्थितिमा हुने बैठकमा क्याम्पस प्रमुख, निर्वाचन अधिकृत, राजनीतिक दलका प्रमुख र विधार्थी संगठनका प्रतनिधिहरुलाई बाेलाईएकाे निर्वाचन अधिकृत राेशन लामिछानेले जानकारी दिए ।

मंगलबार मनाेायन पत्र वितरणकाे कार्यतालिका रहेकाे भएपनि केही विधार्थी संगठनहरुले क्याम्पसका विभित्र शाखामा तालाबन्दी गरेपछि निर्वाचन प्रकृया स्थगित गरि सर्वपक्षीय बैठकमा आएकाे लामिछानेले बताए ।सर्वपक्षीय बैठकले के निर्णय गर्छ त्यसैकाे आधारमा अगाडि बढ्ने पनि उनले बताए ।

Related posts

वीरगन्ज महानगरको न्यायिक समितिले ८ वर्षमा किनारा लगायो ३ सय ६६ उजुरी

MadhesKhabar

सखुवा प्रसौनी गाँउपालिकाको गाँउसभा सम्पन्न, नीति तथा कार्यक्रमको प्राथमिकतामा शिक्षा ,स्वास्थ्य र कृषि

MadhesKhabar

कांग्रेसमा रुपान्तरण पक्षधर नेताहरुले वीरगन्ज आएर भने : नेतृत्व सच्चिएन भने परिवर्तन गर्छाै

MadhesKhabar

Leave a Comment