Madhes Khabar
राजनीति

वीरगन्ज महानगरका नवनिर्वाचित जनप्रतिनिधिहरु काँग्रेसबाट सम्मानित

मधेसखबर

वीरगन्ज,०४असार :  वीरगन्ज महानगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई   नेपाली काँग्रेसले सम्मानित गरेको छ।

काँग्रेसको वीरगन्ज महानगर कार्य समितिले आफ्नो पार्टीबाट नव निर्वाचित जनप्रतिनीधिहरुलाई सम्मानित गरेको हो । काँग्रेसबाट चुनाव लडेर जितेका महानगरक उपमेयर इम्तियाज आलम, वडा अध्यक्षहरु जगत साह कानु, हिराकाजी महर्जन, जवाहर गुप्ता लगायत वडा ९ जना वडा अध्यक्ष, कार्यपालिका सदस्य  एवं सदस्यहरु गरि ४७ जना जनप्रतिनिधिहरुलाई सम्मानित गरिएको हो ।

काँग्रेसका वीरगन्ज  महानगर कार्य समितिका सभापति मणिन्द्रलाल श्रेष्ठ नेपालीको अध्यक्षता एंव काँग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरको प्रमुख आतिथ्यमामा भएको कार्यक्रममा मधेस प्रदेशका मन्त्री ओमप्रकाश शर्मा, प्काँग्रेसका पूर्व जिल्ला सभापति अजय द्विवेदी,  जिल्ला उपसभापति राम नारायण कुर्मी, नेतृ डाक्टर सुस्मा तिवारी द्विवेदी लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको नगर उपसभापति सन्तोष गुप्ताले जानकारी दिए।

Related posts

नेपालमा अहिले लोकतन्त्र होइन,नेताहरुको लुटतन्त्र छ : पूर्वमन्त्री प्रभु साह

MadhesKhabar

जसपा नेपालको समाजवादी महिला संघकी वीरगन्ज महानगर अध्यक्ष सर्राफ जनमत पार्टीमा प्रवेश

MadhesKhabar

गौर हत्याकाण्डका पीडितले भेटे प्रधानमन्त्री, वार्ता समिति बनाउने प्रधानमन्त्रीको आश्वासन

MadhesKhabar

Leave a Comment