Madhes Khabar
राजनीति

फागुन २१ को चुनावका लागि उम्मेदवारको नाम सिफारिस गर्न जसपा नेपालको सर्कुलर

काठमाडौं,२७मंसिरःजनता समाजवादी पार्टी (जसपा) नेपालले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न सर्कुलर जारी गरेको छ ।

जसअनुसार,संसदीय निर्वाचन क्षेत्र समन्वय समितिले आउँदो पुस १० गतेभित्र जिल्ला बार्यसमितिमा र जिल्ला कार्य समितिले आवश्यक निर्णयका साथ पुस १५ गतेभित्र प्रदेश समितिमा उम्मेदवारको नाम पठाइसक्नुपर्ने तथा पार्टी प्रदेश समितिले जिल्ला समितिबाट प्राप्त नामावलीउपर निर्णय गरी पुस २० गतेभित्र प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा तीन जनासम्म हुनेगरी अनिवार्य रुपले सम्भावित उम्मेदवारको नामावली पठाइसक्न मातहत समितिलाई सर्कुलर जारी गरिएको जसपा नेपालका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय कार्यालय वा पार्टी अध्यक्ष उपेन्द्र यादव संयोजकत्वको संघीय संसदीय बोर्डमा उम्मेदवारको नामावली पठाउन सर्कुलर जारी गरिएको हो ।

समानुपातिकतर्फ प्रत्येक जिल्लाबाट जिल्ला समितिले कम्तीमा तीन जना पुरूष र तीन महिला जातीय कलस्टरअनुसार समावेशी हुनेगरी प्रदेश समितिमा आउँदो पुस १ गतेभित्र पठाउने र प्रदेश समितिले उक्त नामावली माथि छलफल गरी आफ्नो रायसहित उम्मेदवारको नाम सिफारिस गरी पुस ५ गतेभित्र केन्द्रीय कार्यालय वा संसदीय बोर्डमा बुुझाइसक्नुपर्ने जनाइएको छ ।

Related posts

गिरिजाप्रसाद काेइरालालाई पहिलाे राष्ट्रपति नबनाएकाेमा पश्चताप छ: प्रचण्ड

MadhesKhabar

कांग्रेसका तीन नेता बने मन्त्री, धनराज गुरुङ कानुनमन्त्री

MadhesKhabar

प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेका ३ जना जेल चलान

MadhesKhabar

Leave a Comment