Madhes Khabar
राजनीति

कांग्रेसका तीन नेता बने मन्त्री, धनराज गुरुङ कानुनमन्त्री

काठमाडौं,२०बैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि बुधबार मन्त्रीपरिषद विस्तार गरेका छन् । नेपाली कांग्रेसका ३ जना नेतालाई मन्त्रिपरिषदमा सहभागी गराउदैं प्रचण्डले मन्त्रीपरिषद विस्तार गरेका हुन् ।

जसअनुसार , कांग्रेस उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिलामन्त्री, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्यामन्त्री र डिगबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

प्रधानमन्त्री प्रचण्डको सिफारिसमा उनीहरुलाई बुधबार नै राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 

Related posts

जगरनाथपुर–५ मसिहानीमा कांग्रेस उम्मेदवार रिजालको घरदैलो सम्पन्न

MadhesKhabar

बारा–३ का रास्वपा क्षेत्रीय उपसभापति अधिकारी उज्यालो नेपाल पार्टीमा प्रवेश

MadhesKhabar

रविलाई भेटेपछि ज्ञानेन्द्र शाही भन्छन् :देश बनाउने महाअभियानमा एकजुट भएर अघि बढिरहेका छौं

MadhesKhabar

Leave a Comment