काठमाडौं,१५ पुसः नेपाली कांग्रेसले समानुपातिक सांसदको उम्मेदवारको सूचीमा जेनजी आन्दोलनका सहिद परिवारका सदस्यलाई पनि उम्मेदवार बनाएको छ ।
भदौ २४ मा जेनजी प्रदर्शनका क्रममा प्रहरीको गोलीबाट मृत्यु भएका धिरज श्रेष्ठका बुबा नारायण श्रेष्ठलाई कांग्रेसले समानुपातिक उम्मृदवारको सूचीमा राखिएको छ । आदिवासी जनजाति क्लष्टरको सूचीमा समावेश नारायण श्रेष्ठ काठमाडौं निवासी हुन् ।
कांग्रेसले समानुपातिक सूचीमा राखेका उनी जेनजी सहिद परिवार कल्याणकारी समाजका अध्यक्षसमेत हुन् । संस्थाका अध्यक्ष भोजविक्रम थापाले स्वास्थ्यको कारणले राजीनामा दिएपछि मूल नेतृत्वमा श्रेष्ठ निर्विरोध चयन भएका थिए ।साभारःअनलाइनखबर

