Madhes Khabar
राजनीति स्थानिय हेडलाइन

वीरगन्ज महानगरका मेयर सरावगीले राजीनामा दिए

माधुरी महत्तो
वीरगन्ज , ९ बैशाख
: मधेस प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले राजीनामा दिएका छन् ।
बैशाख ३० को स्थानीय तह निर्वाचनमा सरावगी फेरि मेयरमा उम्मेदवारी दिदै छन् ।
महानगरको मेयरमा नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिने पक्का भइसकेका सरावगीले मेयर पदबाट राजीनामा दिएका हुन् ।
एमाले महानगर कमिटी र प्रदेश कमिटीले वीरगन्ज महानगरको मेयरमा सरावगीको एकल नाम केन्द्रिय कमिटीमा सिफारिस गरिसकेको छ ।
बिहीबार महानगरपालिका कार्यालयमै पुगेर उपमेयर शान्ति कार्कीलाइ राजीनामा पत्र बुझाएको सरावगीले बताए ।

उनले भने ,‘ यदि कोहि जनप्रतिनिधीले फेरि चुनावड लड्न उम्मेद्वारी दर्ता गर्न चहान्छ भने उम्मेदवारी दर्ता गर्नु भन्दा पहिले पदबाट राजीनामा दिनुपर्ने कानुनी प्राबधान निर्वाचन आयोगले बनाएको छ , त्यहि कारणले मैले मेयर पदबाट राजीनामा दिएको हु ।
सरावगीले बिहीबार नै आफुले प्रयोग गर्दै आएको सरकारी गाडि र त्यसको साँचो महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निष्छल राज पाण्डेलाई बुझाएका थिए ।

पर्सामा आसन्न स्थानीय तहको निर्वाचनमा फेरि पनि चुनाव लड्ने पालिकाका जनप्रतिधिनीहरु मध्ये राजीनामा दिने सरावगी पहिलो जनप्रतिनिधी हुन् ।१४ वटा पालिका रहेको पर्सा जिल्लामा प्राय सबै पालिकाका प्रमुख र उपप्रमुख फेरि चुनाव लड्ने तयारीमा छन् ।

Related posts

कांग्रेस नेता अमात्य, मन्सुरसहित ७ नेताकाे नाम मधेसबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार सिफारिस

MadhesKhabar

घूस डिल अडियो प्रकरण : पूर्वमन्त्री गुप्ता र श्रेष्ठसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

MadhesKhabar

बारामा एसपी र डिएसपीकाे नाममा तस्करसंग पैसा असुली गर्ने सहनी पक्राउ

MadhesKhabar

Leave a Comment