Madhes Khabar
राजनीति

सिरोहियालाई पक्राउ गर्नु स्वतन्त्र प्रेसमाथि प्रहार : लोसपा वरिष्ठ उपाध्यक्ष सोनल

फाइल तस्बिर ।

काठमाडौं,९जेष्ठःलोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलले कान्तिपुर पब्लिकेशन्स ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अनुसन्धानका नाममा पक्राउ गर्नु स्वतन्त्र प्रेसमाथि प्रहार भएको बताएका छन् ।

मधेस प्रदेश सरकार पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य समेत रहेका सोनलले अनुसन्धानका लागि जुनसुकै समयमा पनि सघाउने प्रतिबद्धता जनाउँदा जनाउँदै पनि कान्तिपुर मुख्यालयमा पुगेर सिरोहियालाई पक्राउ गर्नु दुःखद् र दूर्भाग्यपूर्ण घटना भएको बताए ।

‘कान्तिपुरले सहकारीको रकम हिनामिना गरेको विषयमा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाइरहेकै बेला कैलाशजीलाई पक्राउ गरी स्वतन्त्र प्रेसमाथि प्रहार गरेको छ,’ सोनलले भने, ‘लोकतन्त्र र परिवर्तनको पक्षमा लड्दै आएको कान्तिपुरलाई कमजोर गराउन राज्यले यो कदम चालेको छ । यो गैरलोकतान्त्रिक चरित्र हो ।’

Related posts

पर्सामा जसपाले उम्मेदवारको टुंगो लगायो,पर्सा-१ बाट पूर्वमन्त्री यादवको एकल नाम सिफारिस

MadhesKhabar

पर्सामा उपेन्द्र यादवलाई ठूलो झट्का :जिल्ला सचिवसहितका युवा नेताहरु जसपामा प्रवेश

MadhesKhabar

राप्रपा नेता रवीन्द्र मिश्र ३ लाख धराैटी बुझाएर रिहा

MadhesKhabar

Leave a Comment