Madhes Khabar
राजनीति

राप्रपा नेता रवीन्द्र मिश्र ३ लाख धराैटी बुझाएर रिहा

फाइल तस्बिर ।

काठमाडौं,३असार: काठमाडौं जिल्ला अदालतले ३ लाख धरौटीमा छोड्न आदेश दिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र रिहा भएका छन्।

न्यायाधीश तारादेवी महर्जनको एकल इजलासले मिश्रलाई धरौटीमा छोड्न आदेश दिएपछि उनि धराैटी बराबरको रकम बुझाएर रिहा भएका हुन्। यसअघि धवलशमशेर राणालाई पनि ३ लाख धरौटीमा छाड्न आदेश दिइएको थियो।

 

गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो। उक्त घटनासम्बन्धी मुद्दामा मुख्य कमान्डर भनिएका दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिइएको थियो।

Related posts

मधेसमा शेखर कोइराला पक्षको पहिलो भेलामा ८ वटै जिल्लाबाट नेताहरुको उत्साहजनक सभागिता

MadhesKhabar

बागीलाई काँग्रेसको कारबाही : द्विवेदी , पटेल र चौधरी पार्टीबाट निष्काशीत

MadhesKhabar

मुख्यमन्त्री नियुक्तिको विरोधमा ७४ सांसदको हस्ताक्षरसहित अदालतमा रिट दिने ७ दलको निर्णय

MadhesKhabar

Leave a Comment