Madhes Khabar
राजनीति

मधेसमा शेखर कोइराला पक्षको पहिलो भेलामा ८ वटै जिल्लाबाट नेताहरुको उत्साहजनक सभागिता

वीरगन्ज,१०साउनःमधेस प्रदेशमा नेपाली काँग्रेसका वरिष्ठ नेता शेखर कोइराला पक्षधरको प्रदेशस्तरीय भेला शनिबार महोत्तरीको बर्दिवासमा सम्पन्न भएको छ ।

बर्दिवासको होटेल रेड क्राउन होटलमा शनिबार उक्त भेला सम्पन्न भएको हो ।मधेस प्रदेशमा शेखर कोइराला पक्षधरको प्रदेश स्तरीय भेला सम्वत पहिलो हो ।

कांग्रेसको आसन्न १५ औं महाधिवेशनलाई लक्षित गर्दै बर्दिवासमा शनिबार आयोजित भेलामा प्रदेशका आठ वटै जिल्लाबाट शेखर कोइराला पक्षधरका नेताहरु सहभागी थिए । मधेस प्रदेश सरकारका पूर्वमन्त्री रामसरोज यादवको अध्यक्षता तथा पर्साका कांग्रेस नेता तथा संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्यको विशेष आतिथ्यतामा भएको भेलामा कांग्रेसको आसन्न १५ औं महाधिवेशनमा वरिष्ठ नेता शेखर कोइरला पक्षको जीत हासिल गर्नका लागि गर्नुपर्ने गृहकार्य , अपनाउनु पर्ने रणनीति लगायतका विषयमा बृहत छलफल गरिएको थियो ।

साथै भेलामा मधेसका आठ वटै जिल्लामा शेखर कोइराला पक्षलाई अझ संगठीत र सबल बनाउने बारेमापनि भेलामा सहभागी नेताहरुले आआफ्ना धारणा र सुझाव राखेका थिए । यसका साथै मधेस प्रदेशमा कांग्रेसको सांगठनिक अवस्था, तीन वटै तहका सरकारले गरिरहेका कामको समीक्षा तथा मधेसमा विद्यमान सुख्खा र जल व्यवस्थापन समस्याको समाधानका बारेमा पनि बृहत छलफल गरिएको बैठकमा सहभागी पर्साका कांग्रेस युवा नेता मनोहर साहले जानकारी दिए ।

भेलामा बोल्दै पर्साका कांग्रेस नेता तथा संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्यले वरिष्ठ नेताम शेखर कोइराला जस्तो दूरदर्शी र सिद्धान्तमा अडिग नेता अहिले कांग्रेसको नेतृत्वको आवश्यकता भएको बताए । मधेसमा कांग्रेसको विरासत फर्काउन कोइरालाकै विचार र पक्षमा सबै नेताकार्यकर्ता एकजुट भएर लाग्नुपर्नेमा जोड दिदैं उनले भने,‘ यो भेला त्यसकै सुरुवात हो।’

उनले मधेस र मधेसीका समस्या बुझ्न र त्यसको समाधान खोज्न केन्द्रमा शक्ति पु¥याउन सक्ने नेतृत्व आवश्यक रहेको भन्दै त्यसका लागि शेखर कोइरालाको पक्षमा आँफुहरुले दृढ समर्थन जनाएको बताए।

बैठकमा संविधानसभा सदस्यहरू लक्षमण राय,रामचन्द चौधरी,नरेश प्रसाइ,केन्दिय सदस्य डा.चन्दमोहन यादव,केन्द्रिय प्रतिनिधि देवराज चालिसे,नेता गरुरूराज घिमिरे लगायतको सहभागिता थियो । पर्साबाट भने संविधान सभा सदस्य राजेन्द्र बहादुर अमात्य र अजय द्धिवेदी,संविधान प्रदेश सभा सदस्य श्याम पटेल, नेपाल महिला संघकी केन्द्रिय सदस्य सुष्मा तिवारी,कांग्रेसका वीरगन्ज महानगर सभापति मणिन्द्रलाल श्रेष्ठ, निवर्तमान क्षेत्रीय सभापति अरविन्द गुप्ता,पूर्व क्षेत्रीय सभापति विजय सर्राफ,पूर्व नगरसभापति भोला प्रसाद कलवार,नेताहरु शम्भु चौहान, विजय कर्ण, रोशनल लामिछाने,रुपा श्रेष्ठ,सन्जय चर्तुवेदी लगायतकाको सहभागीता थियो ।

Related posts

पूर्वराजा ज्ञानेन्द्र शाहलाई वीरगन्जमा बोलाएर नागरिक अभिनन्दन गरिने

MadhesKhabar

देउवाको उम्मेदवारी रद्ध गर्न माग गर्दै उजुरी दर्ता

MadhesKhabar

कांग्रेस र एमालेसंगकाे टसलले संकटमा मधेस प्रदेश सरकार

MadhesKhabar

Leave a Comment