Madhes Khabar
राजनीति हेडलाइन

पर्सामा जसपाले उम्मेदवारको टुंगो लगायो,पर्सा-१ बाट पूर्वमन्त्री यादवको एकल नाम सिफारिस

वीरगन्ज,२५मंसिरः आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले पर्सा जिल्लाको चार वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।

बिहीबार वीरगन्जमा बसेको जिल्ला कार्य समितिको बैठकले पर्सा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा पूर्वमन्त्री तथा निवर्तमान सांसद प्रदीप यादवको एकल नाम सिफारिस गरेको छ । जसपाका उपमहासचिव समेत रहेका यादव, पर्सा क्षेत्र नम्बर १ बाट २०७४ र २०७९ मा गरी लगातार दुई पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

यस्तै पर्सा क्षेत्र नम्बर १ बाट समानुपातिकतर्फको उम्मेदवारमा नेक महमद अन्सारी,उमेशलाल सहनी, ,नूर आलम अन्सारी,पवन पञ्जियार,कुमु मानन्धर र रुबैदा खातुनको नाम सिफारिस गरिएको छ ।

जसपाले पर्सा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा पनि प्रेमबाबु पटेलको एकल नाम सिफारिस गरेको छ । यस्तै समानुपातिकतर्फको उम्मेदवारमा नागेन्द्र यादव,हरेन्द्र चौरसिया र बैजन्ती मालाको नाम सिफारिस गरिएको जसपाका वीरगन्ज महानगर समिति अध्यक्ष ईश्वरचन्द्र यादवले जानकारी दिए ।

यसैगरि पर्सा क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा जनार्दन प्रसाद यादवको एकल नाम सिफारिस गरिएको छ । उक्त क्षेत्रबाट समानुपातिकतर्फपनि सलमा खातुनको नाम एकल सिफारिस गरिएको यादवले जानकारी दिए ।

यस्तै यसैगरि पर्सा क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा तबरेज अहमदकोपनि एकल नाम सिफारिस गरिएको छ । उक्त क्षेत्रबाट समानुपातिकतर्फपनि रम्भा यादवको नाम एकल सिफारिस गरिएको यादवले जानकारी दिए ।

वीरगन्जको होटल पूजनमा जसपा पर्साका अध्यक्ष सिंहासन सा कलवारको अध्यक्षता तथा पूर्वमन्त्री प्रदीप यादवको प्रमुख आतिथ्यता र वीरगन्ज महानगरका मेयरसमेत रहेका पार्टीका केन्द्रिय सदस्य राजेशमान सिंहको विशिेष उपस्थितीमा बसेको बैठकमा केन्द्रिय सदस्य पुरुषोत्तमलाल झा, पूर्व प्रदेश सभा सदस्य जन्नत अन्सारी लगायतकाकोपनि सहभागिता थियो ।

 

Related posts

मधेसको मुसहर बस्तीमा पुगेर मुख्यमन्त्री सिंहले भने: बच्चाहरुलाई स्कुल पठाउनुस्

MadhesKhabar

रवि प्रबन्ध निर्देशक रहेकै बेला वीरगन्जको सहकारीबाट पनि गोर्खा मिडियामा साढे ८ करोड अपचलन

MadhesKhabar

सप्तरीमा जसपा नेपालको जिल्ला अध्यक्षमा केदार यादव निर्वाचित

MadhesKhabar

Leave a Comment