वीरगन्ज,९माघ:पर्सा क्षेत्र नम्बर २ मा पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर २९ बसडिल्वामा रास्वपाकाे कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ।शुक्रबार रास्वपा उम्मेदवार सुशीलकुमार कानुले वडाका रास्वपा कार्यकर्ता र समर्थकहरुसंग भेटघाट गरेका हुन्।
कार्यक्रममा कार्यकर्ताहरूलाई सम्बाेधन गर्दै रास्वपा उम्मेदवार कानुले रास्वपा नै याे देशकाे वैकल्पिक शक्तिका रुपमा स्थापित भएकाले फागुन २१ काे निर्वाचनमा बहुमत ल्याउने दाबी गरे।नेपालकै इतिहासमा पहिलाे पटक मधेसीकाे छाेरा बालेन शाह प्रधानमन्त्री बन्न गइरहेकाले रास्वपाकाे सिपाही बन्ने अवसर पाएकाेमा गर्व लागेकाे सुनाए।
उनले `अबकी बार, बालेन सरकार´ काे नाराले मधेसमात्रै नभइ देश नै गुञ्जयमान भएको बताए ।देशमा परिवर्तन अपरिहार्य भइसकेको भन्दै उनले त्यसकाे संवाहक रास्वपा नै रहेकाे जिकिर गरे।आँफु युवा पनि भएको भन्दै कानुले युवामाथि भराेसा गर्न आग्रह पनि गरे।
रास्वपाका क्षेत्रीय सभापति फैयाज मियाँकाे सभापतित्वमा भएको कार्यक्रममा क्षेत्रीय सचिव किसन प्रसाद,वीरगन्ज महानगर उपसभापति परिताेष द्विवेदी, नेता सुधिर पटेल लगायतकाकाे पनि सहभागिता थियाे।

