Madhes Khabar
राजनीति

प्रधानमन्त्री ओली भन्छन् : म बिरामी छैन , २५ वर्षपछि मात्रै बुढो हुन्छु

काठमाडौं,९बैशाखःप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उमेर र स्वास्थ्यबारे कसैले चिन्ता लिनु नपर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू अहिले बुढो नभएको बताए । उनले आफू अस्वस्थ्य नरहेको पनि उल्लेख गरे ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा फर्किने चर्चाबीच ओलीले अहिले नै नेतृत्व नछाड्ने बताएका हुन् ।

‘कतिपयलाई मेरो उमेर र मेरो स्वास्थ्यको चिन्ता छ । अहिले म बिरामी छैन । अबको २०–२५ वर्षपछि बुढो हुन्छु । कसैले हतार गरेर हुँदैन । मलाई मेरो उमेर र स्वास्थ्यका कुरा गर्नु पर्दैन । केपी ओलीबिनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा हुँदैन ’, ओलीले भने, ‘कसैले एमालेबिनाको देशको कल्पना गरेका छन् । ओलीबिनाको एमाले किन खोजेको होला ? तिनको मनसाय राम्रो भए म सरक्क छोड्ने थिएँ । एमालेबिनाको नेपाल हेरौँला, मिसन २०८४ मा झन् बलियो भएर आउनेछौँ ।’

अध्यक्ष ओलीले एमाले अस्तित्वको लडाइँमा नभई विजयको यात्रामा रहेको जनाउँदै मिसन २०८४ बाट निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरण भएर आउने बताए ।

Related posts

बारा–३ का रास्वपा क्षेत्रीय उपसभापति अधिकारी उज्यालो नेपाल पार्टीमा प्रवेश

MadhesKhabar

गठबन्धनमा सहमति : पर्साको २ र ४ काँग्रेसले पाउने पक्का , १ र ३ को निर्णय भोलि हुने

MadhesKhabar

जसपा सांसद दीपक कार्कीले भनेः म कुनै गुटमा गएको छैन ,उपेन्द्र यादवतिरै छु

MadhesKhabar

Leave a Comment