Madhes Khabar
राजनीति हेडलाइन

पर्सामा जनमत पार्टीमा गयो भुईचालो :एकैसाथ पाँच केन्द्रिय सदस्यले छाडे पार्टी,जसपा नेपालमा प्रवेश

वीरगन्ज,२६असोजःजनमत पार्टीका पाँच जना केन्द्रिय सदस्यसहित ३० भन्दा बढी नेता कार्यकर्ताले एकैसाथ पार्टी परित्याग गरेका छन् ।जनमत पार्टीका केन्द्रिय सदस्यहरु शशीकपुर मियाँ, करिमा बेगम,सुधिरनाथ पाण्डे , विजय यादव र सब्बो खातुनसहित ३१ जनाले पार्टी परित्याग गरि जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।

बाराको सिमरास्थित अर्गानिक रिसोर्टमा शुक्रबार आयोजित काार्यक्रममा जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले उनिहरुलाई अबीर टीका लगाएर पार्टीमा स्वागत गरे । जमत पार्टीका मधेस प्रदेश समिति सदस्य सन्नी द्धिवेदी, मुस्लिम जनमत संघका जिल्ला अध्यक्ष औरेन्जेब अन्सारी, जिल्ला उपाध्यक्ष प्रवेज अख्तर,जिल्ला सदस्य मजिद देवान,जितेन्द्र चौरसिया,सायद अली,जयकुमार मिश्र,अजिम मियाँ हवारी, सन्जय साह लगायतपनि जनमत पार्टी परित्याग गरेर जसपामा नेपालमा प्रवेश गरेका छन् ।

जसपा नेपालमा प्रवेश गरेका जनमत पार्टीका केन्द्रिय सदस्य शशीकपुर मियाँले आँफूले पार्टी परिवर्तन गरेको नभई पहिलेकै घरमा घर फर्किएको प्रतिक्रिया दिए । तत्कालीन मधेसी जनअधिकार फोरम नेपालको पर्सा जिल्ला अध्यक्ष समेत रहेका मियाँले भने,‘यो कदम पार्टी प्रवेश होइन, यो घर वापसी हो। जसपा नेपालको सिद्धान्त र नीतिप्रति मेरो सधैं विश्वास थियो, र म यहाँ फर्किनु मेरो स्वाभाविक निर्णय हो।’

कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भने,‘शशीकपुर मियाँ,करिमा बेगमजस्ता नेताहरूको पार्टी प्रवेशले जसपा नेपालको राजनीतिक शक्तिलाई थप सुदृढ बनाउनेछ। हामी मधेसी जनताको अधिकारका लागि लडिरहेका छौं, र यो कदमले हाम्रो संघर्षलाई नयाँ ऊर्जा दिनेछ।’

जसपा नेपालका पर्सा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री तथा जसपा नेपालका महासचिव लालबाबु राउत,मधेस प्रदेशका पूर्वमन्त्री सिंगासन साह कलवार लगायतकोपनि उपस्थिती थियो ।

Related posts

ओलीले देउवालाई भेटेपछि कांग्रेस पनि संसद पुनर्स्थापनाको माग गर्दै पुग्यो सर्वोच्चमा

MadhesKhabar

वीरगन्जमा आयोजित ‘मधेस साहित्य महोत्सव’ मा देशभरका साहित्यकार र सर्जकहरुको जमघट

MadhesKhabar

मधेसी सहिदकाे सम्मानमा लाेसपालेपनि वीरगन्जमा मनायाे बलिदानी दिवस

MadhesKhabar

Leave a Comment