Madhes Khabar
राजनीति

चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन : संविधान सभा सदस्य यादव

काठमाडाैं ,१२चैत :संविधान सभा सदस्य विपी यादवले चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास सम्भव नहुने बताएका छन्।

आइतबार काठमाडाैंमा राष्ट्रिय एकता अभियानले आयाेजना गरेकाे ‘नेपालप्रति चिनियाँ अभ्यास र असर’ विषयक विचार-गोष्ठीमा बाेल्दै उनले चीनले पछिल्लाे समय नेपालमाथि विभिन्न काेणबाट आँखा लगाइरहेकाे टिप्पणी गरे ।

उनले भने ,’कहिले चीनका लागि नेपाली राजदूतकाे ओहाेदा प्रमाण पत्र नबुझिदिने त कहिले काठमाडाैंमा रहेकाे चिनियाँ दूतावासमार्फत चीनले नेपालकाे आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न लगायतकाे काम गरिरहेकाे छ।’उनले चीनकाे विस्तारवादी नीतिलाई हामी सबै जना मिलेर नराेकेसम्म नेपालकाे विकास सम्भव नहुने दाेहर्‍याए ।

गाेष्ठीमा सहभागी विश्लेषक बुद्ध छोरिंग लामाले नेपलालाई श्रीलंका बनाउने रणनीतिमा चीन लागेकाे आराेप लगाए।उनले भने,’चीनले नेपाललाई श्रीलंका बनाउनु खाेजिरहेकाे छ, चीनले पाेखरा विमानस्थलमा लगानी गरेर विमानस्थल कब्जामा लिने षडयन्त्र गरिरहेकाे छ।’

वरिष्ठ अधिवक्ता अवधेश सिंहले चीनकाे विस्तारवादी नीतिविरुद्ध सबै जना एक जुट हुनुपर्नेमा जाेड दिए ।उनले चीनले बीआरआईमार्फत नेपाललाई ऋण जालमा पार्न विभिन्न काेणबाट कसरत गरिरहेकाे आराेप लगाए ।

उनले भने,’चीनकाे विस्तारवादी नीतिलाई राेक्नु पर्छ, नेपाललाई चिनियाँ ऋणकाे जालमा फस्न दिनु हुँदैन।’

सीताराम अग्रवालले चीनले पछिल्लाे समय नेपालकाे भूभाग पनि मिचेकाे समाचार पत्र पत्रिकामा पढिरहेकाे बताए । उनले चिनियाँ नागरिक नेपालमा अवैध गति गरेकाे देशकाे सुरक्षा नै खतरामा परेकाे बताए ।

अभियानका केन्द्रीय सदस्य चन्द्र यदुवंशी, शहीद परिवारका सदस्य एवं प्रधानमंत्री सचिवालय सदस्य बबिता ठाकुर, पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष अम्बिका दहाल लगायतले चीनकाे विस्तारवादी नीतिलाई जरैदेखि फाल्नु पर्नेमा जाेड दिएका थिए ।

Related posts

एमालेले भीम रावल र घनश्याम भुसाललाई दिएन टिकट

MadhesKhabar

कांग्रेस नेता अमात्य, मन्सुरसहित ७ नेताकाे नाम मधेसबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार सिफारिस

MadhesKhabar

पर्साको भौराटारमा रास्वपाको भेलामा सुशीलले भने : भ्रष्टचार अन्त्य र सुशासन मेरो मूल एजेन्डा हो

MadhesKhabar

Leave a Comment