Madhes Khabar
राजनीति

एमालेले भीम रावल र घनश्याम भुसाललाई दिएन टिकट

मधेसखबर
वीरगन्ज, २१ असोज : नेकपा एमालेले अध्यक्ष केपी ओलीसंग फरक मत राख्दै आएका पार्टीका पूर्व उपाध्यक्ष भीम रावल र पूर्व उपमहासचिव घनश्याम भुषाल दुवै जनालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार नबनाउने भएको छ ।

नेकपा एमालेले अछाम–१ बाट रावललाइ नभइ माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका झपट बोहोरालाई उम्मेदवार बनाउने भएको हो । अध्यक्ष ओलीले बोहोरालाई उम्मेदवार बनाउने निर्णय गरेका हुन् ।

एमालेले टिकट वितरणको अधिकार अध्यक्ष ओलीलाई दिएको छ । त्यसै अनुसार, ओलीले टिकट फाइनल गरेका हुन् । अछाम जिल्ला कमिटीले भने भीम रावललाई सर्वसहमत एकल सिफारिस गरेको थियो । दशबुँदे गरी एमालेमै बसेका रावल पूर्व उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री हुन् ।
यस्तै ओलीसंग विमति राख्दै आएका पार्टीका पूर्व उपमहासचिव घनश्याम भूसाललाई पनि एमालेले टिकट नदिने भएको छ ।

एमाले अध्यक्ष ओलीले लुम्बिनी प्रदेशका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरुको सूची सचिव छविलाल विश्वकर्मालाई दिएका छन् । स्रोतका अनुसार उक्त सूचीमा भुसालको नाम छैन ।

एमालेको १०औं महाअधिवेशनमा ओलीले घोषणा गरेको सूचीमा असहमत भूसालले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए । त्यसयता पनि उनले अध्यक्ष ओलीमाथि प्रश्न उठाउने गरेका थिए ।

Related posts

जेलमा रहेका अफताब आलमलाइ काँग्रेसले उम्मेदवार बनाउदैन : गगन थापा

MadhesKhabar

सत्तारुढ दलको भएपनि सरकारले मनलाग्दी गर्दा त्यसको पक्षमा ताली बजाउदैनौं : पूर्वमन्त्री यादव

MadhesKhabar

घरदैलो कार्यक्रमलाइ तिब्रता दिएका प्रदीप यादव भन्छन् : जनताको सेवा नै मेरो मुलमन्त्र हो

MadhesKhabar

Leave a Comment