Madhes Khabar
राजनीति

घरदैलो कार्यक्रमलाइ तिब्रता दिएका प्रदीप यादव भन्छन् : जनताको सेवा नै मेरो मुलमन्त्र हो

मधेसखबर
वीरगन्ज, ०२ कार्तिक : पर्सा क्षेत्र नम्बर १ मा जसपा–एमाले गठबन्धनबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार प्रदीप यादवले चुनावी मतदाताको घरदैलोमै पुगेर भेटघाट गर्ने अभियानलाई अझ तिब्र पारेका छन् ।
.
मंसिर ४ को निर्वाचन नजिकिदै जाँदा क्षेत्रका मतदाताहरुकै आग्रहमा यादवले चुनावी घरदैलो अभियानलाई झन् तिब्रता दिएका हुन् । बुधबार पनि उनले एकै दिन ३ वटा वडाका आधा दर्जन गाँउमा पुगेर घरदैलो गर्दै मतदातासंग भेटघाट गरेका छन् ।

बुधबार यादवले आफना समर्थक र कार्यकर्ताहरुका साथ वीरगगन्ज महनगरपालिका वडा नम्बर ३० को लालपर्सा र प्रसोतीपुर, वडा नम्बर ३१ को सोलखपुर, बेलवा र मिलन चोक तथा वडा नम्बर ३२ को चोर्नी, परसवा, टेढा र रामवनमा घरदैलो गरेका हुन् ।

त्यसक्रममा स्थानीय मतदाताले उत्साहित हुदै प्रतिनिधीसभा सदस्य उम्मेदवार यादवलाई ठाँउ ठाँउमा फुलमाला र अबीर टिका लगाएर स्वागत पनि गरेका थिए ।

मतदातासंगको भेटघाटका क्रममा यादवले आफु क्षेत्रको विकास र जनताको सेवामा सदैव जनताकै माझमा रहने नेता भएका कारण फेरि पनि एक पटक जनसेवक बन्ने अवसर दिन आग्रह गरे । उनले चुनाव जितेर पदमा रहे पनि नरहेपनि जनता आफनाका लागि जनार्दन भएकाले जनताको सेवा नै आफनो मुलमन्त्र र लक्ष्य रहेको बताए ।आगामी निर्वाचनमा जसपा–एमाले गठबन्धनका उम्मेदवारलाई मत दिएर विजयी बनाउन पनि उनले आग्रह गरे ।

घरदैलोका क्रममा सन्चारकर्मीसंग कुरा गर्दै यादवले घरदैलोका क्रममा जनताबाट पाइरहेको अपार आत्मीयता र समर्थनले आफनो उर्जा थपिदै गएको प्रतिक्रिया पनि दिए ।

घरदैलो कार्यक्रममा प्रदेशसभा सदस्यका एमाले उम्मेदवार विचारी यादवप , जसपा र एमालेका नेता कार्यकर्ताका साथै स्थानीय अगुवा , बुद्धिजिवी , युवाहरुको उल्लेख्य सहभागीता थियो ।

Related posts

नवनियुक्त कानुनमन्त्री अजय चौरसिया : २३ बर्षपछि फेरि पाए मन्त्री बन्ने अवसर

MadhesKhabar

सन्त नेता भट्टराईकाे जन्मजयन्तिमा वीरगन्जमा कांग्रेसले गर्याे दीप प्रज्वलन

MadhesKhabar

ठाकुरराम क्याम्पसकाे स्ववियु सभापतिमा शेखर समुहका राज कुमार यादव विजयी

MadhesKhabar

Leave a Comment