वीरगन्ज,८पुष: सन्त नेता एंव पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईकाे १०० ओैं जन्मजयन्तिकाे अवसरमा वीरगन्जमा नेपाली कांग्रेसले दीप प्रज्वलन कार्यक्रम गरेकाे छ।
वीरगन्जको माईस्थानस्थित गहवामाई मन्दिर अगाडिको पार्कमा आइतबार साँझ पर्सा क्षेत्र नम्बर २ काे क्षेत्रीय कार्यसमिति र नेविसंघ पर्साले संयुक्तरुपमा दीप प्रज्वलन कार्यक्रम गरेका हुन्।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि कांग्रेस पर्साका सभापति एंव प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्रीले नेपालकाे राजनीतिक परिवर्तनमा सन्त नेता भट्टराईको ठूलाे याेगदान रहेकाे चर्चा गरे।२०५८ सालकाे निर्वाचनमा पर्सा १ बाटै सांसदमा निर्वाचित भएर देशकाे प्रधानमन्त्रीसमेत बनेका सन्त नेता भट्टराईकाे सादगी जिवनकाे अनुशरण सबै नेताले गर्नुपर्नेमा उनले जाेड दिए।
कांग्रेसका क्षेत्रीय सभापति महम्मद शाहबुद्धिनकाे अध्यक्षतामा भएकाे दीप प्रज्वलन कार्यक्रममा मधेस प्रदेशका पूर्वमन्त्री ओमप्रकाश शर्मा,कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी,पूर्व उपसभापतिद्वय दिना गुप्ता र प्रकाश उपाध्याय,वीरगन्ज उपमहानगरपालिकाका उपमेयर इम्तियाज आलम, नेता श्याम पाेख्रेल,नरेन्द्र साह, कांग्रेस महानगर सभापति मणिन्द्रलाल नेपाली, पत्रकार कन्हैयालाल केशरी, नेविसंघ पर्साका जिल्ला सभापति रमेश यादव, पूर्वसभापति दिलिपराज कार्की, युवा नेताहरु सन्ताेष सिंह, मनाेहर साह, हरेन्द्र यादव लगायतकाेपनि सहभागिता थियाे।

