वीरगन्ज,२४चैतःराष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को मधेस प्रदेश सदस्यमा वीरगन्जका होटल व्यवसायी हरि पन्त निर्वाचित भएका छन् ।
पर्साको विन्दबाससिनी मन्दिरको सभाहलमा शुक्रबार राति मधेस प्रदेशको पर्सामा रिक्त दुई सदस्य पदका लागि भएको निर्वाचनमा पन्त र सुदिश प्रजापति निर्वाचित भएका हुन् । पन्त , होटल तथा पर्यटन व्यवसायी वीरगन्जका अध्यक्षपनि हुन् ।
दुई सदस्य पदका लागि चुनावी प्रतिस्पर्धाामा पन्त, प्रजापतिसंगै दिप राज पटेल , मुर्ली जलान,राम सुन्दर आर्य सहित ८ जना थिए । २८ जना कूल मतदाता रहेकोमा शुक्रबार राति भएको मतदानमा २५ मत मात्रै खसेको थियो । त्यसमा पन्त १७ मतका साथ र प्रजापति १० मत प्राप्त गरी मधेस प्रदेश सदस्यामा निर्वाचित भएका हुन् । दिप राज पटेलले भने ९ मत, मुर्ली जलानले ६ मत र रामसुन्दर आर्यले ४ मतमात्रै प्राप्त गरे ।
रास्वपाको विधानमा पार्टीको जिल्ला संयोजक बन्न सम्बन्धित जिल्लाको निर्वाचन क्षेत्र , गठित पालिका पदाधिकारी र निर्बाचित प्रदेश प्रतिनिधिहरुद्वारा प्रदेश समिति सदस्यमा निर्बाचित भएर आउनै पर्ने बाध्यकारी प्रावधान छ ।
शुक्रबार राति भएको निर्वाचनमा रास्वपाका केन्द्रिय संगठन विभागका सचिब शंकर श्रेष्ठ , केन्द्रिय सदस्य डाक्टर नन्दन यादब , मधेस प्रदेश सभापति तपेश्वर यादब , प्रदेश महामन्त्री मनिष साह लगायतकोपनि उपस्थिती थियो ।

