Madhes Khabar
राजनीति

मधेसलाई उपेक्षा गरिएकाे बजेट पारित हुन दिन्नाै: उपेन्द्र यादव

फाइल फाेटाे

काठमाडौं ,७असार: सत्तारुढ गठबन्धनको घटक जनता समाजवादी पार्टी (जसपा) ले संसद्‌मा प्रस्तुत बजेटले धेरै क्षेत्रलाई उपेक्षा गरेकाले त्यसलाई यथास्थितिमा पारित गर्न नसकिने बताएको छ ।

अध्यक्ष उपेन्द्र यादवले काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरी बजेटमा सुधारको जरुरी रहेको बताएका हुन् । ‘अहिलेको बजेटमा एकलौटी ढंगले गठबन्धनमा रहेका दलसँग छलफल नै नगरी ल्याइएको छ । मधेस लगायतलाई उपेक्षा गरेको छ । यसलाई सुधार गर्नुपर्छ, यथास्थितिमा बजेट पास हुन्न,’ अध्यक्ष यादवले भने, ‘बजेट न्यायोचित छैन ।’

उनले समाजवादी मोर्चामा बाबुराम भट्टराईको दललाई नसमेटेको विषयमा पनि टिप्पणी गरे । भट्टराई एक्लै हिँड्न रुचाउने व्यक्ति भएको यादवको भनाइ थियो । ‘बाबुरामलाई हामीले समातेको पनि हैन छोडेको पनि छैन । यो मोर्चामा कहिल्यै देखिनँ’ यादवले भने,’बाबुरामजीको एक्लै हिँड्ने बानी छ । त्यसैले ठिकै जस्तो पनि छ । सबैलाई समेट्ने होइन, समेटिनेलाई समेट्ने हो ।’ साभार:इकान्तिपुर

Related posts

पर्सा १ का स्वतन्त्र उम्मेदवार द्विवेदी भन्छन् : मेरो उम्मेदवारी विभेद र अन्यायको विरुद्ध हो

MadhesKhabar

राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्र बनाउन विद्राेह गर्न तयार छाैं : लिङ्देन

MadhesKhabar

बहुअरीमा श्रेष्ठ र सोनललाई २०५ किलोको मालाले स्वागत

MadhesKhabar

Leave a Comment