Madhes Khabar
राजनीति

जसपा नेपालका पूर्व सांसद साह माओवादीमा प्रवेश

सर्लाही,२३फागुन : जसपा नेपालका पूर्व सांसद प्रमोद साह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। सर्लाहीको मलंगवामा शुक्रबार आयोजित जनसभामा साहलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका हुन्।

साह २०७४ को निर्वाचनमा सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। २०७८ सालदेखि उनले जसपा नेपालको प्रमुख सचेतको भूमिका निर्वाह गरेका थिए।

पार्टी प्रवेशपछि नेता साहले अब माओवादीले मधेस आन्दोलनका बाँकी कार्यभार पूरा गर्नसक्ने ठहर गरी आफू माओवादीको हिस्सेदार बन्न पुगेको बताए।अहिले कांग्रेस र एमाले पहिचान विरोधी दलको रुपमा देखिएको तथा मधेसी दल अवसरवादमा लिप्त भएकाले अब माओवादीलाई विश्वास गरेर मात्रै मधेसी जनताको मुक्ति सम्भव हुने उनले बताए। साभार : अन्नपूर्णपोष्ट

Related posts

भाडाका उम्मेदवार किसानको चोर औंला र आँफैतिर फर्किएका चार औंला

MadhesKhabar

जसपा सांसद दीपक कार्कीले भनेः म कुनै गुटमा गएको छैन ,उपेन्द्र यादवतिरै छु

MadhesKhabar

नेकपा एसले २० लाख भाेट ल्याउछ: अध्यक्ष नेपाल

MadhesKhabar

Leave a Comment