
वीरगन्ज,३०पुसः नेपाली कांग्रेसको दोस्रो महाधिवेशनमा सहभागी भएका सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि शेर बहादुर देउवा पक्षले कारबाही गरि ५ वर्षका लागि पार्टीबाट निष्काशन गरेको छ ।
बुधबार अपरान्ह पार्टी कार्यालय सानेपामा बसेको देउवा पक्षको केन्द्रिय समिति बैठकले सहमहामन्त्री मन्सुरलाईपनि कारबाही गरेको बैठकमा सहभागी मीन विश्वकर्माले जानकारी दिए । मन्सुर, २०५६ सालको निर्वाचनमा बारा क्षेत्र नम्बर ४ बाट र २०७० सालको निर्वाचनमा बारा क्षेत्र नम्बर ३ बाट सांसदमा निर्वाचित भएका थिए ।
यस्तै बैठकले मन्सुरसंगै महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मालाई पनि कारबाही गरि ५ वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको विश्वकर्माले जानकारी दिए ।

