Madhes Khabar
राजनीति

पर्सा २ का राप्रपा उम्मेदवार साह भन्छन् : भ्रष्टचारीहरुलाई ठेगान लगाउन राप्रपा जित्नु पर्छ

मधेसखबर
वीरगन्ज,१० कार्तिक : पर्सा क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार नरेश साहले पनि चुनावी प्रचार प्रसार अभियानलाई तिब्र पारेका छन् ।

पर्सा २ को (ख)का प्रदेशसभा सदस्य उम्मेदवार प्रमानन्द कानुसंगै चुनावी प्रचारमा उत्रिएका साहले मतदातको घरदैलो मै पुगेर राप्रपाका एजेण्डा बताउदै मत मागि रहेका छन् ।बिहीबार पनि उनले राप्रपाका नेता कार्यकर्ता सहित वीरगन्ज महानगरपालिका वडा नम्बर १९ को बिन्दवासीनीमा रोड शो र घरदैलो गरेका छन् ।

त्यसक्रममा प्रतिनिधीसभा सदस्यका उम्मेदवार साहले भ्रष्टचारको अन्त्य र सुशासनको स्थापनान नै राप्रपा र आफनो पनि मूल नारा रहेको मतदाताहरुलाई बताए । साहले भ्रष्टचार गर्नु भनेको नेपाली आमाको रगत पिउनु हो भन्ने मूल नारा राप्रपाको रहेको भन्दै जनताले अवसर दिए राप्रपाको पहिलो काम भ्रष्टचारी नेताहरुलाई कानुनको कठघरामा उभ्याउने बताए ।

राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेनको स्वच्छ छविले देशभर नै राप्रपा प्रति जनलहर बढ्दै जादा भ्रष्टचारी अन्य दलहरु अतालिएको पनि साहले बताए । साहले भने ,‘ अहिले ठूला भनाउदा दलहरु सत्ता स्वार्थ र भ्रष्टचारमा लिप्त भएकै कारण देशको दुगत्ी भएको छ , उनिहरु प्रति जनताको वितृष्णा छ , अब राप्रपा मात्रै जनताको भरोसा बन्दैछ ।

भ्रष्टचार र कमीशनमा लिप्त दलहरु फेरि पनि जिते भने देश झन ठूलो संकटमा पुग्ने र जनताले सास्ती बाहेक केहि नपाउने भएकाले देशलाई बचाउनका लागि पनि राप्रपालाई मत दिन साहले आग्रह गरे ।बिहीबारको घरदैलो कार्यक्रममा राप्रपाका युवा नेताहरु विराज यादव , प्रशांत दुबे , कुन्दन साह , मनोज श्रीवास्तव , सन्तोष सिंह , सोनालाल साह लगायतको पनि सहभागीता थियो ।

 

Related posts

पर्सा–१ का कांग्रेस उम्मेदवार रुंगटाको चुनाव खर्च २१ लाख ५० हजार मात्रै

MadhesKhabar

किसान र सोनलको समर्थनमा बाराको बेलहीयामा देखियो जनलहर

MadhesKhabar

मधेसका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ

MadhesKhabar

Leave a Comment