Madhes Khabar
राजनीति

पर्सा–१ का कांग्रेस उम्मेदवार रुंगटाको चुनाव खर्च २१ लाख ५० हजार मात्रै

वीरगन्ज,२९ फागुनःपर्सा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर चुनाव लडेर पराजित भएका अनिल रुंगटाले पनि यसपालिको निर्वाचनमा आँफुले गरेको खर्चको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् ।

आफ्ना निर्वाचन प्रतिनिधि पुरुषोत्तम प्रसाद कुर्मीमार्फत रुंगटाले आँफुले निर्वाचनमा गरेको खर्चको विवरण शुक्रबार निर्वाचन कार्यालयय पर्सामा बुझाएका हुन् ।

जसमा रुंगटाले कूल २१ लाख ५० हजार रुपैयाँ मात्रै खर्च भएको उल्लेख गरेका छन् ।उनले चुनावमा सबैभन्दा बढी प्रचार–प्रसार सामग्री छपाइ तथा खरिदमा ५ लाख १७ हजार ३६० रुपैयाँ , खाना र खाजामा ३ लाख ६६ हजार ९२४ रुपैयाँ र सम्पर्क कार्यालय व्यवस्थापनमा ३ लाख २९ हजार ६५१ रुपैयाँ खर्च भएको जनाएका छन् ।

यसैगरि साधन भाडा तथा इन्धनमा २ लाख ९७ हजार ४५४ रुपैयाँ,सभा–गोष्ठी तथा अन्तरक्रियामा २ लाख ६० हजार ४५० रुपैयाँ, स्वयंसेवक परिचालनमा १ लाख ७० हजार रुपैयाँ, सामाजिक सञ्जाल व्यवस्थापनमा १ लाख ५४ हजार रुपैयाँ , मनोनयन दर्तामा १० हजार रुपैयाँ, मतदाता नामावली खरिदमा ३ हजार रुपैया र विविध शीर्षकमा ९९ हजार ५१ रुपैयाँ खर्च भएको रुंगटाले पेस गरेको खर्च विवरणमा उल्लेख छ ।

पर्सा क्षेत्र नम्बर १ मा रास्वपाका बुद्धि प्रसाद पन्त (हरि पन्त) २७ हजार २ सय ७४ मतका साथ विजयी हुदाँ उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादव १३ हजार ३० मतका साथ दोस्रो र कांग्रेस उम्मेदवार रुंगटा भने ११ हजार ८८५ मतका साथ तेस्रो भएका थिए ।

 

Related posts

बालेन-सुधनको अर्को निशाना उपेन्द्र र बादल

MadhesKhabar

अदालत र सरकार भारतकाे गुलाम : मेयर बालेन

MadhesKhabar

जसपाले टिकट नदिएपछि शहिद पत्नि विनिताद्धारा वडा अध्यक्षमा उम्मेदवारी

MadhesKhabar

Leave a Comment