Madhes Khabar
राजनीति

अदालत र सरकार भारतकाे गुलाम : मेयर बालेन

काठमाडौँ,७असार: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अदालत र सरकार भारतको गुलाम भएको भन्दै देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा आफूले कानुन र अदालत नमान्ने बताएका छन् ।

सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएका कुनै पनि फिल्म नरोक्न उच्च अदालत पाटनले अल्पकालीन आदेश जारी गरेपछि मेयर शाहको यस्तो प्रतिक्रिया आएको हो ।

‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ‚ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधीनमा थियो भनिसकेपछि उनीहरूको नियत थाहा हुन्छ‚’ मेयर शाहले फेसबुकमा लेखेका छन्‚ ‘यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधीनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’

बालेन्द्र शाहले गत सोमबारदेखि नगर प्रहरी खटाएरै काठमाडौंमा भारतीय फिल्मको प्रदर्शन रोक्नुका साथै काठमाडौंमा कुनै पनि भारतीय फिल्म चल्न नदिने बताएका थिए । प्रदर्शन रोकिएपछि हलहरूको छाता संगठन चलचित्र संघ यसविरुद्ध अदालत पुगेको थियो ।

Related posts

वीरगन्ज महानगरमा मात्रै २७ हजार मतदाता एमालेमा प्रवेश गरेको दाबी

MadhesKhabar

खानेपानीको क्षेत्रमा भइरहेका कामको नतिजा देखिने गरी काम गरौँ : खानेपानी मन्त्री यादव

MadhesKhabar

शिवचन्द्र कुशवाहालाई सिके राउतले गरे कारबाही, पार्टीको साधरण सदस्यबाट निष्कासित

MadhesKhabar

Leave a Comment