Madhes Khabar
राजनीति

जसपाले टिकट नदिएपछि शहिद पत्नि विनिताद्धारा वडा अध्यक्षमा उम्मेदवारी

वडा अध्यक्षमा उम्मेदवारी दिएकी शहिद पत्नि विनिता साह कलवार

माधुरी महत्तो
वीरगन्ज,१२बैशाखः
मधेस आन्दालनको शहिद पत्नि विनिता साह कलवारले वीरगन्ज महानगरपालिकाको वडा नम्बर १६ को वडा अध्यक्ष पदमा उम्मेदवारी दिएकी छन् ।
उनले विवेकशील साझा पार्टीको तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएकी हुन् ।
जिल्ला समन्वय समिति कार्यालय परिसरमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमवार दिउँसो पुगेर शहिदपत्नि विनिताले वडा अध्यक्षमा मनोनयन दर्ता गराएकी हुन् ।
विनिताका पति सोहन साह कलवारको , २०७० सालमा वीरगन्जमा भएको मधेस आन्दोलनका क्रममा प्रहरीको गोलीबाट मृत्यु भएको थियो ।
२०७४ सालको पालिका निर्वाचनमा जसपाबाट उनि महिला वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।
तर बैशाख ३० को निर्वाचनमा जसपाले टिकट नदिएपछि शहिद पत्नि विनिताले सोमवार विवेकशील सझा पार्टीबाट वडा अध्यक्षमा उम्मेदवारी दिएकी हुन् ।
मधेसी दलले पैसामा टिकट बचेको र आफु गरिब भएकाले आफुलाइ टिकट नदिएका कारण विवेकशील साझा पार्टीबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएको शहिद पत्नि विनिताले बताइन् ।

Related posts

मधेसको तागत भनेकै हिन्दू र मुस्लिमबिचको एकता हो : प्रदीप यादव

MadhesKhabar

‘म झोले हो’को काउन्टरमा थालियो ‘म झोले होइन’ अभियान

MadhesKhabar

वीरगञ्ज–२१ मा प्रदीप यादवको घरदैलो :विकास र स्थिरताका लागि एमालेलाई मत दिन आग्रह

MadhesKhabar

Leave a Comment