
माधुरी महत्तो
वीरगन्ज,१२बैशाखः मधेस आन्दालनको शहिद पत्नि विनिता साह कलवारले वीरगन्ज महानगरपालिकाको वडा नम्बर १६ को वडा अध्यक्ष पदमा उम्मेदवारी दिएकी छन् ।
उनले विवेकशील साझा पार्टीको तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएकी हुन् ।
जिल्ला समन्वय समिति कार्यालय परिसरमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमवार दिउँसो पुगेर शहिदपत्नि विनिताले वडा अध्यक्षमा मनोनयन दर्ता गराएकी हुन् ।
विनिताका पति सोहन साह कलवारको , २०७० सालमा वीरगन्जमा भएको मधेस आन्दोलनका क्रममा प्रहरीको गोलीबाट मृत्यु भएको थियो ।
२०७४ सालको पालिका निर्वाचनमा जसपाबाट उनि महिला वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।
तर बैशाख ३० को निर्वाचनमा जसपाले टिकट नदिएपछि शहिद पत्नि विनिताले सोमवार विवेकशील सझा पार्टीबाट वडा अध्यक्षमा उम्मेदवारी दिएकी हुन् ।
मधेसी दलले पैसामा टिकट बचेको र आफु गरिब भएकाले आफुलाइ टिकट नदिएका कारण विवेकशील साझा पार्टीबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएको शहिद पत्नि विनिताले बताइन् ।

