Madhes Khabar
राजनीति

बारामा जसपाकाे जिल्ला कार्यसमिति गठन,अध्यक्षमा पटेल

वीरगन्ज,३कार्तिक:बारामा जनता समाजवादी पार्टी(जसपा) काे जिल्ला कार्यसमिति गठन गरिएको छ।शनिबार कलैयामा आयाेजित कार्यक्रममा अजय पटेलकाे अध्यक्षतामा ४२ सदस्यीय जसपाकाे जिल्ला कार्यसमिति गठन गरिएको हाे।

संघीय सरकारका खानेपानी मन्त्री तथा जसपाका उपमहासचिव प्रदीप यादवकाे प्रमुख आतिथ्यतामा भएकाे जिल्ला कार्यसमिति घाेषणा कार्यक्रममा जसपाका केन्द्रीय सदस्यसमेत रहेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहकाेपनि विशेष उपस्थिति रहेकाे थियाे।

जसपाका मधेस प्रदेश संयाेजक अशाेककुमार यादवकाे अध्यक्षतामा भएको कार्यक्रममा जसपाका केन्द्रीय सदस्य माेहन चाैधरी,प्रमाेद गुप्ता,पारस साह,जनार्दन यादव,मधुमाया यादव,पर्सा अध्यक्ष सिंगासन साह तेली लगायतका नेताहरूकाेपनि सहभागिता थियाे।

Related posts

पर्साकाे १ र २ मा जसपा गठबन्धन , पर्सा ३ र ४ मा काँग्रेस गठबन्धन अगाडि

MadhesKhabar

पार्टी फुटाउनुमा प्रचण्ड र ओलीको हात छैन : जसपा अध्यक्ष राई

MadhesKhabar

एमाले उपमहासचिव योगेशले भने : पर्सा–१ बाट प्रदीपलाई जिताएर पठाउनुस्, एमालेले मन्त्री बनाउँछ

MadhesKhabar

Leave a Comment