Madhes Khabar
राजनीति

चुनाव प्रचारमा २५ जना भन्दा बढी जान नपाउने निर्वाचन आयोगको प्रस्ताव

मधेसखबर
वीरगन्ज, ०६ भदौं : निर्वाचन आयोगले चुनाव प्रचार प्रसारमा २५ जना भन्दा बढी मानिस सहभागी हुन नपाउने प्रस्ताव गरेको छ ।

सोमवार निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलको विषयमा जानकारी दिँदै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस्तो प्रस्ताव अघि सारिएको बताए । उनले चुनावमा मतदातालाई अनेकौँ प्रलोभन पार्ने तथा सांसदहरूले नै चुनाव लड्न कठिन भएको गुनासोका आधारमा आयोगले तोकेको खर्च गर्ने गरी प्रचारप्रसारका लागि २५ जनाभन्दा बढी जान नपाउने आचारसंहिता ल्याउने प्रस्ताव गरिएको बताए ।

प्रवक्ता पौडेलले चुनावमा उम्मेदवार नभएको राजनीतिक दलको चुनाव चिह्न मतपत्रमा समावेश नगर्ने तयारी रहेको पनि उल्लेख गरे । चुनावमा उम्मेदवार बनाएका राजनीतिक दलको मात्रै चुनाव चिह्न मतपत्रमा समावेश गर्ने विषयमा गठबन्धन लक्षित देखियो भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा उनले चुनावमा भाग नलिएको दलको चुनाव चिह्न राख्नु सैद्धान्तिक र व्यावहारिक रूपमा ठिक नभएको बताए ।

प्रवक्ता पौडेलले निर्वाचन आचारसंहिताको विषयमा सबै राजनीतिक दलको मिश्रित सल्लाह, सुझाव आएको जानकारी दिए । उनले आयोगले राजनीतिक दलका सबै सुझावलाई विश्लेषण गरेर राजपत्रमा प्रकाशित गर्ने तयारी गरेको बताए ।

 

Related posts

सरकारले थालेको सुशासन अभियानलाई असफल पार्ने षडयन्त्र भइरहेको छ : गृहमन्त्री श्रेष्ठ

MadhesKhabar

युवाको रगतमाथि सत्ता कु गरेको आरोप लगाउँदै प्रधानमन्त्री सुशीला कार्कीलाई पक्राउ गर्न माग

MadhesKhabar

पर्सामा कांग्रेसलाई जिताउन सामाजिक सञ्जाल समन्वय उपसमितिको संयोजकमा गुप्ता मनोनित

MadhesKhabar

Leave a Comment