Madhes Khabar
राजनीति

एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री पाैडेललाई ७ दिन हिरासतमा राख्न विशेष अदालतले दियाे अनुमति

काठमाडौं,९असार:विशेष अदालतले नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न प ७ दिनको अनुमति दिएको छ ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका लागि विशेष अदालतले मंगलबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई ७ दिनको अनुमती दिएको विभागकी सुचना अधिकारी पार्वती हितानले जानकारी दिइन् ।यद्यपि विभागले भने २० दिनको समय माग गरेको थियो ।

विभागले इमेलमार्फत पठाएको पत्रका आधारमा नेपाल प्रहरीले पौडेललाई जरूरी पक्राउ पूर्जी जारी गरी सोमबार साँझ करिब ५:१५ बजे सुर्खेतबाट पक्राउ गरेको थियो । पक्राउपछि उनलाई नेपालगञ्ज हुँदै स्थलमार्गमार्फत काठमाडौं ल्याएर मंगलबार विभागमा उपस्थित गराइएको थियो ।त्यसपछि उनलाई विशेष अदालतमा पेश गरिएको थियाे।

पक्राउपछि विभागले थप अनुसन्धानका लागि म्याद माग गर्दै मंगलबार नै पौडेललाई विशेष अदालतमा उपस्थित गराएको थियो ।

Related posts

उपेन्द्र यादवको जसपा नेपालमा विवाद : पदाधिकारी चयन बदर गर्न आयोगमा उजुरी

MadhesKhabar

फराकिलो अग्रता लिएका उपेन्द्र यादवले भने : अहिले प्रतिक्रिया दिने बेला भएको छैन

MadhesKhabar

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत माग्यो महानगर र उपमहानगरका वडाका उम्मेदवार छान्न आवेदन

MadhesKhabar

Leave a Comment