Madhes Khabar
राजनीति

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत माग्यो महानगर र उपमहानगरका वडाका उम्मेदवार छान्न आवेदन

काठमाडौं,१५कात्तिक : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आगामी स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरका वडाका उम्मेदवारहरू छनोट गर्न ‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गरेको छ।

‘रास्वपाको स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति’को बैठकले वडाध्यक्ष र वडा सदस्य पदमा उम्मेदवारी दिन इच्छुक व्यक्तिहरूका लागि क्यान्डिडेट क्लबमार्फत आवेदन खुला गर्ने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

यसैगरी स्थानीय निर्वाचनको उम्मेदवार छनोट रूपरेखाको कार्यान्वयन तथा समन्वयका लागि उपसमितिसमेत‌ गठन भएको छ।

कुन समितिको संयोजक को ?

क) क्यान्डिडेट क्लब : कविन्द्र बुर्लाकोटी
ख) प्रविधि : सुशान्त वैदिक
ग) गुनासो समन्वय : जनकसिंह धामी
घ) समावेशिता तथा महिला सहभागिता : डा. तोसिमा कार्की
ङ) क्षमता विकास समन्वय : टासी ल्हाजोम
च) व्यवस्थापन : रहबर अन्सारी
छ) प्रचारप्रसार : मिलन लिम्बू

Related posts

पर्साबाट जसपाले गरेको उम्मेदवार सिफारिसमा को को परे ?

MadhesKhabar

आईटी आर्मीकाे तेस्राे स्थापना दिवसमा वीरगन्जमा दीप प्रज्वलन कार्यक्रम

MadhesKhabar

महानगरमा पहिलो जित काँग्रेसको

MadhesKhabar

Leave a Comment