Madhes Khabar
राजनीति

महानगरमा पहिलो जित काँग्रेसको

मधेसखबर
वीरगन्ज,०७जेठ
:देशभरका ६ महानगर मध्ये विराटनगर महानगरपालिकाको नतिजा सार्वजनिक भएको छ ।
शनिबार बिहान सकिएको मतगणना अनुसार , विराटनगर महानगरपालिकाको मेयर नेपाली काँग्रेसले जितेको छ । योसंगै दशेभरका ६ महानगरमा पहिलो जित काँग्रेसको भएको हो ।
विराटनगर महानगरको मेयरमा , सत्तागठबन्धनका काँग्रेस उम्मेदवार नागेश कोइराला विजयी भएका हुन् ।
एमालेका उम्मेदवार सागर कुमार थापालाइ ८ हजार ७ सय १५ मतको फराकिलो अन्तरले हराउदै कोइराला मेयरमा निर्वाचित भएका हुन् ।
कोइरालाले ३० हजार १ सय ७० मत पाउदा उनका निकटतम प्रतिद्धन्द्धी एमालेका थापाले भने २१ ह्जार ४ सय ५५ मत मात्रै पाए ।
उपमेयरमा भने एमालेले बाजी मारको छ । उपमेयरमा गठबन्धनका जसपा उम्मेदवार एंव जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाइ पराजित गर्दै एमालेकी उम्मेदवार शील्पा कार्की विजयी भएकी छन् ।
२०७४को निर्वाचनमा विराटनगर उपमहानगरमा काँग्रेसकै भीम पराजुली निर्वाचित भएका थिए ।
६ महाननगर मध्ये वीरगन्ज सहित ५ महानगरपालिकाको मतगणना जारी छ ।

Related posts

राप्रपा नेता रवीन्द्र मिश्र ३ लाख धराैटी बुझाएर रिहा

MadhesKhabar

देउवाकाे मनाेमानी विरुद्धकाे धर्नामा पर्साका नेता कार्यकर्ता पनि सहभागी

MadhesKhabar

हरिखेतान क्याम्पसमा नेविसंघको इकाई समिति गठन

MadhesKhabar

Leave a Comment