Madhes Khabar
राजनीति

लोसपा नेताहरु भन्छन् – वीरगन्ज अध्यक्ष सर्राफ नै हुन्

लोसपाका वीरगन्ज महानगर अध्यक्ष ओम प्रकाश सर्राफ

क्रान्ति शाह
वीरगन्ज , ११ बैशाख
: लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले वीरगन्ज महानगर अध्यक्ष ओम प्रकाश सर्राफ नै रहेको बताएका छन् ।
बैशाख ८ गते वीरगन्ज महानगरमा लोसपाका जिल्ला अध्यक्ष सहितका नेताले नेकपा एमालेसंग चुनावी तालमेल गर्ने सहमति गरेपछि लोसपा भित्रै चर्को विरोध भएको थियो ।एमालेसंग गरिएको चुनावी तालमेलको नगर अध्यक्ष सर्राफले पनि गरेका थिए ।त्यहि निहुमा लोसपा जिल्ला अध्यक्ष पुरुषोत्तम झाले नगर अध्यक्ष सर्राफलाइ कार्वाही गर्दै पदबाट निलम्बन गरिएको भनेर विज्ञप्ति नै जारी गरेका थिए ।
तर जिल्ला अध्यक्ष झाको उक्त निर्णयको पार्टी भित्रैबाट चर्को आलोचना भएको थियो ।नगर अध्यक्ष सर्राफले पनि बैशाख ८ मै विज्ञप्ति जारी गरेर आफुलाइ केन्द्रिय अध्यक्ष महन्थ ठाकुरले नगर अध्यक्षमा मनोनयन गरेकाले कार्वाही गर्ने अधिकार जिल्ला अध्यक्षलाइ नभएको बताएका थिए ।यसैक्रममा आइतवार लोसपाका मधेस प्रदेश अध्यक्ष एंव संसदीय दलका नेता जितेन्द्र सोनलले पनि नगर अध्यक्ष सर्राफलाइ जिल्ला अध्यक्षले गरेको कार्वाहीको कुनै तुक नभएको बताएका छन् ।
पार्टीको विधीविधान अनुसार केन्द्रीय अध्यक्षले गरेको नियूक्त गरेका पदाधिकारीलाइ , जिल्ला कार्य समितिले कार्वाही गर्न नमिल्ने भएकाले नगर अध्यक्ष सर्राफ नै रहेको उनले बताएका छन् ।त्यसैगरि लोसपाका कार्यकारिणी सदस्य केशव झाले पनि जिल्ला कार्य समितिको कार्वाही पार्टीको विधान नियम विपरीत भएकाले सर्राफ अहिले पनि वीरगन्ज महानगर अध्यक्ष नै रहेको बताएका छन् ।
अहिलेको चुनावी महोलमा आन्तरीक द्धन्द्धलाई बिर्सिएर पार्टीको सिद्धान्तमा अगाडी बढ्न दुबै पक्षलाई नेता झाले आग्रह पनि गरेका छन् ।
बैशाख ८ गते बिहान एमाले नेताहरुसंगै पत्रकार सम्मेलन गरेर लोसपाका वरिष्ठ नेता लक्ष्मणलाल कर्ण र जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले वीरगन्ज महानगरमा एमालेसंग चुनावी तालमेल गरिएको घोषणा गरेका थिए ।
महानगरको मेयर एमालेले र उपमेयर लोसपाले लिने गरि चुनावी तालमेल गरिएको दुवै दलका नेताहरुको भनाइ थियो ।
तर उक्त घोषणाको ४ घण्टा नबित्दै लोसपा पर्साका ३ जना जिल्ला उपाध्यक्ष र नगर अध्यक्ष सर्राफले पनि संयुक्त विज्ञप्ति जारी गर्दै महानगरमा एमालेसंग चुनावी तालमेल नगरिएको बताएका थिए ।

Related posts

अब रास्वपाको नेतृत्वमा दुई तिहाइको सरकार बन्छ :रवि लामिछाने

MadhesKhabar

पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

MadhesKhabar

१९ वर्ष अघि भएको गौर हत्याकाण्डको अनुसन्धान सुरु, तीनपुस्ते खोज्दै प्रहरी

MadhesKhabar

Leave a Comment