Madhes Khabar
राजनीति

अब रास्वपाको नेतृत्वमा दुई तिहाइको सरकार बन्छ :रवि लामिछाने

काठमाडौं,२६माघःराष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले फागुन २१ को निर्वाचनपछि दुई तिहाइको सरकार बन्ने बताएका छन्।

रूपन्देही–१ मा सोमबार भएको चुनावी कार्यक्रममा बोल्दै सभापति लामिछानेले सबैको आँखामा आशा नै आशा रहेको भन्दै अब दुई तिहाइको सरकार बन्ने बताए।

‘मान्छेहरू भन्छन्– देशमा निराशा छ। तर म तपाईंहरूको आँखामा हेर्छु आशा नै आशा छ, अब दुई तिहाइको सरकार बन्छ, कमसेकम बहुमतको सरकार बन्छ,’ सभापति लामिछानेले भने, ‘यो आशालाई जगाइराख्नुहोला।’ जनताको मनभित्र रहेको आशालाई जगाइराख्न आफू रूपन्देही आएको पनि उनले बताए।

उनले फागुन २१ गते इतिहास बदल्ने पनि बताए। ‘यसपटकको फागुन २१ मिति होइन, इतिहास हो। कोसेढुंगा हो, त्यसका लागि तयार रहनुहोला,’ उनले भने।

Related posts

जय नेविसंघका उम्मेदवार राजु गुप्ताकाे टिमलाई अमात्य सहितका कांग्रेसका दिग्गज नेताहरुकाे समर्थन

MadhesKhabar

पर्साका सांसद अजय चाैरसिया ओेली सरकारमा कानुन मन्त्री बन्दै

MadhesKhabar

जसपा नेपालका विन्दवासिनी गाँउपालिका अध्यक्ष लगायतका नेताले पनि छाडे पार्टी, जसपामा प्रवेश

MadhesKhabar

Leave a Comment