Madhes Khabar
राजनीति

जसपा नेपालका विन्दवासिनी गाँउपालिका अध्यक्ष लगायतका नेताले पनि छाडे पार्टी, जसपामा प्रवेश

काठमाडौं,६ कार्तिकःउपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) पर्साका जिल्ला कार्यकारिणी सदस्य, विन्दवासिनी गाउँपालिका अध्यक्ष, र जगरनाथपुर गाउँपालिकाका इन्चार्ज रमेश साह तेलीले पार्टी परित्याग गर्दै अशोक राईको नेतृत्वमा रहेका जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।

मंगलबार काठमाडौँमा नेपाल सरकारका खानेपानी मन्त्री तथा जसपाका उपमहासचिव प्रदीप यादव र पार्टी उपाध्यक्ष रणध्वज कन्दङ्वाको हाथबाट पार्टी सदस्यता ग्रहण गर्दै उनिहरु जसपामा प्रवेश गरेका हुन् ।

मन्त्री यादवले तेलीको आगमनलाई महत्त्वपूर्ण राजनीतिक परिवर्तनको संज्ञा दिँदै अबको राजनीतिक आवश्यकता वास्तविक सङ्घर्ष र मधेसको समर्पित नेतृत्व रहेको बताउँदै भने, “जुन जसपाले मात्र प्रदान गर्न सक्छ । रमेशजीको आगमनले हाम्रो पार्टीलाई थप सबल बनाउनेछ, ।”

उनले जसपा नेपालले पद र सत्ताका लागि बारम्बार सम्झौता गर्दै मधेसी जनताको भावनासँग खेलबाड गरेको आरोप पनि लगाए। “जसपाले भने सधैँ इमानदार सङ्घर्ष गर्छ, र अबको सही राजनीतिक विकल्प यही हो । समृद्ध मधेस र सशक्त राष्ट्र निर्माणका लागि सबैलाई ढिला नगरी जसपामा सामेल हुन आग्रह गर्दछु । परिवर्तन र पहिचानको यात्रा यहीँबाट सुरु हुन्छ,” उनले भने ।

त्यसै गरी, जसपा प्रवेश गरेका रमेश साह तेलीले मधेस र जनताको हितको संरक्षण गर्ने जिम्मेवारीबाट जसपा नेपाल चुकेको कारण आफूले जसपा प्रवेश गरेको बताए । तेलीले जसपा नेपालमा आबद्ध रहेका अन्य नेताहरूलाई सही समयमै निर्णय लिन आग्रह गर्दै भने, “अब सबैले जसपामा सामेल भई सही मार्गमा अघि बढ्नुपर्छ । म सधैँ जनताको सेवामा सक्रिय रहँदै विकास र समृद्धिका लागि काम गर्न प्रतिबद्ध छु ।”
जसपाका उपाध्यक्ष रणध्वज कन्दङ्वाले तेलीजस्तो समर्पित नेताको साथले जसपा थप मजबुत हुने विश्वास व्यक्त गरे । त्यस्तै पार्टीका नेता तबरेज अहमदले रमेश साह तेलीको आगमनलाई ऐतिहासिक निर्णयको रूपमा व्याख्या गर्दै जसपाले मात्र मुलुकको स्थायी परिवर्तन र मधेसको समृद्धिको ग्यारेन्टी गर्न सक्षम रहेको दाबी गरे ।

Related posts

उपराष्ट्रपतिमा चार जनाकै उम्मेदवारी कायम

MadhesKhabar

जेनजी आन्दोलनमा लुटपाट र आगजनीमा संलग्नलाई पार्टीबाट निकाल्ने एमाले पर्साको निर्णय

MadhesKhabar

खानेपानीको क्षेत्रमा भइरहेका कामको नतिजा देखिने गरी काम गरौँ : खानेपानी मन्त्री यादव

MadhesKhabar

Leave a Comment