Madhes Khabar
राजनीति

जसपा उत्तर तिरका मालिकको आदेशमा चल्ने पार्टी हो : अजय चौरसिया

मधेसखबर
वीरगन्ज,०५ कार्तिक : नेपाली काँग्रेसका केन्द्रिय सदस्य अजय चौरसियाले जनता समाजवादी (जसपा) का उत्तर तिरको मालिकको इशारा र आदेशमा चल्ने पार्टी भएको बताएका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २७ उदयपुरघुर्मीमा शनिबार नेपाली काँग्रेसले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार समेत रहेका चौरसियाले यस्तो बताएका हुन् । जसपा अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै चौरसियाले भने ,‘ उत्तरका मालिककको जब जब आदेश आउछ तब तब उपेन्द्र यादव मधेस विरोधी एमाले र उसको अध्यक्ष केपी ओलीसंग मिल्न जान्छन् ।

अहिले पनि तीन बर्ष देखि सत्तागठबन्धनमा रहेका जसपाले उत्तरकै मालिकको इशारा र आदेशमा रातारात एमालेसंग चुनावी गठबन्धन गरेको चौरसियाले बताए । मधेस विरोधी दल एमालेसंग सत्ता स्वार्थमा गठबन्धन गरेका जसपाका उम्मेदवारलाई यसपाली जनताले सबक सिकाउने पनि उनले बताए ।

मधेसका लाखौं युवायुवतीलाई नागरिकता विहिन बनाउने एमाले कहिले पनि मधेसको हित चाहने पार्टी नभएको उनले बताए । एमाले अध्यक्ष केपी ओलीले नै खुल्लम खुल्ला राष्ट्रपतिलाई भनेर नागरिकता विधेयक रोक्न लगाएको चौरसियाले आरोप लगाए ।

मधेसका लाखौं युवा युवतीलाई अनागरिक बनाएर राख्ने दल एमाले अनि उसैलाई साथ दिने जसपाका उम्मेदवारलाई मधेसका जनताले कदापी भोट नदिने दाबी उनको छ । वीरगन्जलाई पाखा लगाएर स्थायी राजधानी जनकपुर बनाउने पार्टी जसपा र उसकै अध्यक्ष उपेन्द्र यादव नै भएको चौरसियाले बताए ।

उनले भने ,‘ मधेस विरोधी पार्टीलाइ भोट नदिनु होला , यदि फेरि जसपाले मधेसमा जित्यो भने केन्द्रमा फेरि मधेस विरोधी दल एमालेकै सरकार बन्नेछ , त्यसपछि मधेस झन विभेदमा पर्छ किन कि उपेन्द्र जी ओलीका सामु बोल्नै सक्दैनन् ।

काँग्रेसका स्वर्गीय नेता सुशील कोइराला प्रधानमन्त्री भएकै बेला राज्यका हरेक निकायमा मधेसीले आरक्षण पाएकाले यो काँग्रेसकै देन भएको चौरसियाले जिकिर गरे ।यसपालि मधेस विरोधी दलहरुलाइ परास्त गर्न सत्तागठबन्धनका योग्य उम्मेदवारलाइ जिताउन उनले अपिल गरे ।

Related posts

पूर्व आइजिपी सर्वेन्द्र खनाल एमाले प्रवेश

MadhesKhabar

कांग्रेसमै रहेर कांग्रेसलाई कमजोर बनाउने हर्कत अब सह्य हुदैन : सहमहामन्त्री यादव

MadhesKhabar

वीरगन्ज निवासी भूतपूर्व एसएसपी अनुराग द्विवेदी जनमत पार्टीमा प्रवेश

MadhesKhabar

Leave a Comment