Madhes Khabar
राजनीति

मतदातासंग भोट माग्दै अजय चौरसियाले भने : काँग्रेसलाई जिताउनु देशकै आवश्यकता हो

मधेसखबर
वीरगन्ज,०२ कात्तिक : पाँच दलीय सत्ता गठबनधनले पर्सा क्षेत्र नम्बर २ मा पर्ने पर्सागढी नगरपालिका वडा नम्बर १ मा बुधबार चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

गठबन्धनबाट प्रतिनिधीसभाका काँग्रेस उम्मेदवार अजय चौरसिया र प्रदेशसभाका उम्मेदवार श्याम पटेलले बुधबार पर्सागढी नगरपालिका वडा नम्बर १ का विभिन्न टोलमा घरदैलो कार्यक्रम गरेका हुन् ।

नेता कार्यकर्ता सहित घरदैलो गरेका दुवै उम्मेदवारले मतदाताहरुलाई भेट्दै आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मत दिएर विजयी गराउन आग्रह गरे । मतदाताहरुसंगको भेटघाटकै क्रममा सन्चारकर्मीसंग कुरा गर्दै प्रतिनिधीसभा सदस्यका काँग्रेस उम्मेदवार चौरसियाले लोकतन्त्र र संविधानको रक्षाका लागि पनि काँग्रेस नेतृत्वको गठबन्धनलाइ जिताउनु अहिलेको आवश्यकता रहेको बताए ।

उनले भने ,‘ एमाले एक त मधेसको मात्र नभइ देशकै विरोधी पार्टी हो , उहिसंग जसपाले सत्ता स्वार्थका लागि गठबन्धन गरेको छ , यी दुवै दल मधेस र देशका लागि खतरनाक छन् , सत्ताका लागि नीति विचार र सिद्धान्त सबै बिर्सिन्छन् ।

चौरसियाले नेपालमा अहिले सम्म भएका हरेक राजीनितिक परिवर्तनको अगुवाइ काँग्रेसले नै गरेको , विगतमा केपी ओलीले संविधान नै मास्न खोज्दा काँग्रेसले नै संविधान र लोकतन्त्र बचाएको जिकिर गरे ।पर्सा क्षेत्र नम्बर २ मा अहिले सम्म भएका ठूल ठूला विकास निर्माणका काम आफुले नै सांसद र मन्त्रीमा रहदा गरेकाले सधैं आफनो प्राथमिकतामा विकास निर्माण र समाजको सशक्तिकरण नै रहने उनले बताए ।

घरदैलो कार्यक्रममा काँग्रेस क्षेत्रीय सभापति महम्मद शाहुबद्धिन , क्षेत्रीय सचिव रन्जित पटेल, लगायतका नेता कार्यकर्ताको सहभागीता थियो ।

Related posts

रास्वपामा समानुपातिक उम्मेदवारका लागि आवेदन शुल्क ५० हजार

MadhesKhabar

मुख्यमन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै गौरमा ७ दलको प्रदर्शन

MadhesKhabar

जसपा नेपालको प्रवक्ताको जिम्मेवारी मनिष कुमार सुमनलाई

MadhesKhabar

Leave a Comment