Madhes Khabar
राजनीति

युवालाई अवसर दिन आगामी चुनाव आँफु नलड्ने कांग्रेस महामन्त्री शर्माको घोषणा

काठमाडौं,१०पुसःनेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले आफू उम्मेदवार नबन्नेबारे झापाको क्षेत्रीय समितिलाई जानकारी गराइसकेको बताएका हुन् ।

‘लगातार ३ पटकसम्म उम्मेदवार बनिसकेकाले यो पटक उम्मेदवार बन्दिन भनेर झापाको मेरो क्षेत्रका साथीहरूलाई भनिसकेको छु । गत चुनावमा म आफ्नो क्षेत्रमा सिमित थिए, अबको चुनावमा देशव्यापी रुपमा पार्टीका उम्मेदवारहरुको साथमा पुग्नेछु’शर्माले भनेका छन् ।

उनले अबको चुनावमा अनुहार बदलेर बढीभन्दा बढी युवा र नयाँ अनुहारलाई कांग्रेसले अवसर दिनुपर्ने पनि बताएका छन् ।

Related posts

पर्सासहित विभिन्न अदालतमा चलिरहेकाे रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने निर्णय

MadhesKhabar

सिके राउतलाई प्रदीप यादवकाे काउन्टर : भ्रमकाे खेती बन्द गर्नुस् , मधेसमा मुख्यमन्त्री जसपाकै रहन्छ

MadhesKhabar

पर्सा १ मा लक्ष्मणलाल कर्णलाई जिताउन काँग्रेसी नेताहरु खुलेर लागे

MadhesKhabar

Leave a Comment