Madhes Khabar
राजनीति

भाटभटेनीका मालिक मीनबहादुरले दान दिएको पार्टी कार्यालय भवन एमालेले नलिने

काठमाडौं,७जेठः नेकपा एमालेले भाटभटेनीका मालिक तथा व्यवसायी मीनबहादुर गुरुङले दानमा बनाइदिने भनेको कार्यालय भवन नलिने भएको छ । जग्गा दानसहित भवन दिने गुरुङको प्रस्तावलाई नेकपा एमालेले धन्यावादसहित फिर्ता गर्ने भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा प्रस्तुत गरेको प्रस्तावमा गुरुङले दान दिने भनिएको भवनको प्रस्ताव फिर्ता गरेर बल्खुमै कार्यालय बनाउने उल्लेख छ ।

‘कलंकीमा भवन निर्माणको प्रस्ताव गर्ने दाता (मीनबहादुर गुरुङ दम्पती) लाई धन्यवाद सहित उहाँहरूको प्रस्ताव फिर्ता गर्ने र अब नयाँ कार्यालय भवन मदननगर, बल्खुमै निर्माण गर्ने निर्णय गर्ने,’ एमालेको प्रस्ताव छ ।

यसअघि दानमा पार्टी कार्यालय लिन लागेको भन्दै यसअघि एमालेभित्र कतिपय नेताहरूले विरोध गरेका थिए । विरोध गरेकै कारण नेताहरू बिन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई एमालेले कारबाही नै गरेका थियो ।

Related posts

म विकास र समृद्धिकाे कुरा गर्छु , विराेधीहरु दुष्प्रचार गर्छन् : डा. मधु

MadhesKhabar

मधेस केन्द्रित दलहरुसंग संवाद र सहकार्यका लागि लोसपाले सोनलको संयोजकत्वमा बनायो समिति

MadhesKhabar

पर्सा-२ मा रास्वपा उम्मेदवार सुशीलप्रति युवाहरुकाे आकर्षण बढ्दै

MadhesKhabar

Leave a Comment