Madhes Khabar
राजनीति

संघीय निजामती सेवा ऐनले कर्मचारीतन्त्रमा देखिएको अन्योल हट्छ : सामान्य प्रशासन मन्त्री गुप्ता

काठमाडौं,२२भदौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले नयाँ बन्ने संघीय निजामती सेवा ऐनले कर्मचारीतन्त्रमा देखिएको अन्योल हटाइ सेवा प्रवाह प्रभावकारी हुने बताएका छन्। निजामती सेवा दिवसका अवसरमा शनिबार सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्री गुप्ताले चाँडै ऐन जारी गरी कर्मचारीको मनोबल उच्च पार्न आफू लागिपरेको बताएका हुन्।

उनले कर्मचारीको क्षमता विकासमार्फत प्रविधिमैत्री सेवा प्रवाह गर्नु आजको आवश्यकता भएको बताए। निजामती सेवा जनताको आशा र भरोसाको केन्द्र भएकाले जनताको घरदैलोमा पुगेर अहोरात्र सेवा प्रदान गरिरहेको उल्लेख गरे।

उनले जनताको सबैभन्दा नजिकैको स्थानीय र प्रदेश सरकारसँग समन्वय गरी सेवा प्रवाहका लागि मन्त्रालयले काम गरिरहेको बताए। उनले भने,‘सार्वजनिक सेवा प्रवाह, सुशासन अभिवृद्धि, संघीयता कार्यान्वयन तथा शासकीय व्यवस्थालाई समायानुकुल तुल्याउन सबैले आफ्नो स्थानबाट रचनात्मक र सिर्जनात्मक योगदान पु¥याउनुपर्छ।’ साभार : अन्नपूर्णपोष्ट

 

Related posts

४३ वर्ष देखि काँग्रेसमा रहेका वीरगन्ज १० का प्रमानन्द साह कानुद्धारा पार्टी परित्याग

MadhesKhabar

पर्सामा समाजवादी प्रेस संगठन छाड्नेहरुको लर्को : केन्द्रीय सल्लाहकार साहलेपनि दिए राजिनामा

MadhesKhabar

मधेसलाई उपेक्षा गरिएकाे बजेट पारित हुन दिन्नाै: उपेन्द्र यादव

MadhesKhabar

Leave a Comment