Madhes Khabar
राजनीति

देशकै बदनाम गर्ने मधेस प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्न उपेन्द्र यादवकाे माग

काठमाडौं,२४कात्तिक:जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेश प्रमुख सावित्री सुवेदी भण्डारीलाई बर्खास्त गर्नुपर्ने बताएका छन् । प्रदेश प्रमुख भण्डारीले देशकै बदनाम गरेका कारण राष्ट्रपति र सरकारले हटाउनुपर्ने उनको तर्क छ ।

अध्यक्ष यादवले गैरराजनीतिक र छापामार शैलीमा मुख्यमन्त्री नियुक्त गरेको भन्दै तत्काल हटाउनुपर्ने दाबी गरे । अध्यक्ष यादवले भने, ‘लुकेर, भागेर चिया पसलमा मुख्यमन्त्री नियुक्ति गर्ने पनि कहीँ हुन्छ ? कस्तो हास्पास्पद, लज्जास्पद काम गरेको ?’

यादवले एमालेका कारण देश नै बर्बाद भएको आरोप लगाएका छन् । उनले एमालेले प्रदेश प्रमुख र सभामुख मिलेर मधेसको सत्ता कब्जा गरेर शासन गर्ने सपना देखेको दाबी गरे ।

Related posts

वीरगञ्ज महानगरको शिक्षा शाखा प्रमुखलाई विद्यार्थीले कार्यकक्षमै थुने

MadhesKhabar

एमाले छाडेका घनश्याम भूसालले रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने

MadhesKhabar

काठमाडौ महानगरपालिकामा लोसपाको उम्मेदवारी खारेज

MadhesKhabar

Leave a Comment