Madhes Khabar
राजनीति

रेशम चाैधरीकाे पक्षमा पर्साकाे पन्चगावा बजारमा नागरिक उन्मुक्ति पार्टीको प्रदर्शन

वीरगन्ज ,४जेष्ठ : पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ पन्चगावा बजारमा बिहिबार नागरिक उन्मुक्ति पार्टीले प्रदर्शन गरेकाे छ ।

टीकापुर घटनामा सर्वाेच्च अदालतले दाेषी ठहर गर्दै पुर्व सांसद रेशम चाैधरीलाई जन्मकैदकाे फैसलालाई सदर गरेपछि त्यसकाे विराेधमा नागरिक उन्मुक्ति पार्टी पर्साले बिहीबार पन्चगावा बजारमा जुलुश निकाल्दै प्रदर्शन गरेकाे हाे । बजार परिक्रमापछि आयाेजित काेणसभालाई सम्बाेधन गर्दै नागरिक उन्मुक्ति पार्टीका जिल्ला अध्यक्ष निरन्जन चाैधरीले अदालतकाे फैसला पुर्वाग्रही भएकाे भन्दै आपत्ति जनाए । उनले रेशम चाैधरी निर्दाेष रहेकाे दाबी पनि गरे ।

विराेध जुलुसमा सहभागीहरुले लाल आयोगकाे प्रतिवेदन सार्वजनिक गर, देवी शर्मा प्रतिवेदन सार्बजनिक गर, संसदीय सुनवाइ समितिकाे प्रतिवेदन सार्वजनिक गर , यदि रेशम चौधरी लगायतका राजबन्दीहरु हत्यारा हुन भने फाँसी दे हाेइन भने रिहा गर लगायतका नारा पनि लगाएका थिए ।

प्रदर्शनमा नागरिक उन्मुक्ति पार्टीका जिल्ला उपाध्यक्ष बलिराम चौधरी थारु,सहसचिव अमित प्रसाद गौरो थारु,सदस्य अनिल चौधरी थारु,अशोक चौधरी थारु,समीर चौधरी,विनेश चौधरी ,द्वारिका पन्जीयार थारु,आकाश चौधरी ,कैलाश चौधरी ,बिद्यार्थी नेता शिवशंकर चौधरी ,नरेन्द्र चौधरी , प्रमानन्द चौधरी थारु लगायतको पनि सहभागीता थियो।

Related posts

रौतहटका जनताको गरिबी देखेर ऋषि धमलाले भने : काठमाडौं फर्कन्न, अब यहीं घर बनाएर बस्छु

MadhesKhabar

पर्सा-२ का रास्वपा उम्मेदवार सुशीलले भने :`अबकी बार, बालेन सरकार´ काे नारा देशभर गुन्जिएकाे छ

MadhesKhabar

ठाकुरराम क्याम्पसमा नेविसंघको सदस्यता वितरण

MadhesKhabar

Leave a Comment