Madhes Khabar
राजनीति

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले लिए शपथ

जनकपुरधाम,२५जेष्ठःमधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार सिंहले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

मुख्यमन्त्री सिंहसँगै मन्त्रीहरूले पनि शपथ लिएका छन् । अर्थमन्त्रीमा माओवादी केन्द्रका भरतप्रसाद साह, उद्योग, वाणिज्य र पर्यटन मन्त्रीमा माओवादी केन्द्रकै युवराज भट्टराई नियुक्त भएका छन् ।

यस्तै, एमालेबाट संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री, नेकपा(एकिकृत सममजवादी)बाट संसदीय दलका नेता गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा नेकपा(एकीकृत समाजवादी)की बेंची लुश्रलीलाई ऊर्जा, सिँचाइ र खानेपानी मन्त्री, एकमात्र सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीकी विमला अन्सारी तरुन्नुमलाई गृह, सञ्चार तथा कानुन मन्त्री र नागरिक उन्मुक्ति पार्टीकी एक मात्र सांसद उर्मिलादेवी सिंहलाई श्रम तथा यातायात मन्त्रीको जिम्मेवारी पाएका छन् ।

त्यस्तै एमालेका केशव राय र शारदादेवी थापाले क्रमशः स्वास्थ्य राज्यमन्त्री र शिक्षा तथा संस्कृति राज्यमन्त्रीको लिएका छन् । त्यस्तै जनमत पार्टीकी रन्जुकुमारी मण्डल खङ्गले विनाबिभागीय राज्यमन्त्रीको शपथ लिएकी छन् ।साभारः ईकान्तिपुरबाट

Related posts

बारा ४ का उम्मेदवार किसान श्रेष्ठका प्रतिवद्धता : पूर्वाधार विकास प्राथमिकतामा

MadhesKhabar

ठाकुरराम क्याम्पसको नेविसंघ इकाई अध्यक्षको जिम्मेवारी करण पाण्डेलाई

MadhesKhabar

पर्सा १ मा प्रदीप यादवको लहर : काँग्रेस र नेकपा एसका नेताहरु जसपा प्रवेश

MadhesKhabar

Leave a Comment