Madhes Khabar
राजनीति

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले लिए शपथ

जनकपुरधाम,२५जेष्ठःमधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार सिंहले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

मुख्यमन्त्री सिंहसँगै मन्त्रीहरूले पनि शपथ लिएका छन् । अर्थमन्त्रीमा माओवादी केन्द्रका भरतप्रसाद साह, उद्योग, वाणिज्य र पर्यटन मन्त्रीमा माओवादी केन्द्रकै युवराज भट्टराई नियुक्त भएका छन् ।

यस्तै, एमालेबाट संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री, नेकपा(एकिकृत सममजवादी)बाट संसदीय दलका नेता गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा नेकपा(एकीकृत समाजवादी)की बेंची लुश्रलीलाई ऊर्जा, सिँचाइ र खानेपानी मन्त्री, एकमात्र सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीकी विमला अन्सारी तरुन्नुमलाई गृह, सञ्चार तथा कानुन मन्त्री र नागरिक उन्मुक्ति पार्टीकी एक मात्र सांसद उर्मिलादेवी सिंहलाई श्रम तथा यातायात मन्त्रीको जिम्मेवारी पाएका छन् ।

त्यस्तै एमालेका केशव राय र शारदादेवी थापाले क्रमशः स्वास्थ्य राज्यमन्त्री र शिक्षा तथा संस्कृति राज्यमन्त्रीको लिएका छन् । त्यस्तै जनमत पार्टीकी रन्जुकुमारी मण्डल खङ्गले विनाबिभागीय राज्यमन्त्रीको शपथ लिएकी छन् ।साभारः ईकान्तिपुरबाट

Related posts

बारामा पत्रकार सम्मेलन गरि राष्ट्रिय जनता दल पार्टीको घाेषणा

MadhesKhabar

रास्वपाकी सहमहामन्त्री सुमना श्रेष्ठले दिइन् राजीनामा

MadhesKhabar

पूर्वमन्त्री प्रभु साह भन्छन् : जनयुद्धका कारण माओवादी नेता मालामाल भए तर जनता कंगाल बने

MadhesKhabar

Leave a Comment