Madhes Khabar
राजनीति हेडलाइन

पर्साका १ का जसपा उम्मेदवार यादव भन्छन् : जनता जनार्दन हुन् , काम गरेका नेताको मुल्यांंकन गर्छन्

मधेसखबर
वीरगन्ज,२९ असोज : पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप यादवले काम गरेका नेताको जनताले मुल्यांकन गर्ने बेला आइसकेको बताएका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवामा शनिबार जसपाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै जसपाका उम्मेदवार यादवले यस्तो बताएका हुन् । उनले भने , पर्सा १ मा यसअघि जितेका पाँच जना सांसदले कति विकास गरे अनि विगत पाँच बर्षमा मैले कति काम गरे त्यो सबैका सामु छर्लङ्ग नै छ , अब यसको मुल्यांकन गरिदिनु होला ।

यहि क्षेत्रले विगतमा प्रधानमन्त्री समेत पाएपनि उनि जितेर गइसकेपछि क्षेत्रमा एउकपटक पनि फर्केर नआएको दृष्टान्त दिदै यादवले भने ,‘ म जनताको सेवक हु जिते पनि हारे पनि जनताकै दुखसुखमा साथ दिदै आएको छु ।उनले आफुले गरेका कामका बारेमा मतदातालाई बुझाउन कार्यकर्तासंग अनुरोध पनि गरे ।

यादवले भने ,‘ हुन त जनतालाइर्ए सबै थाहा छ , को नेता कस्तो छ , जितेर कसले के गरेको छ , तैm पनि चुनाव भएकाले जनता माझ आफना कामहरुका बारे सन्देश लिएर पुग्नै पर्छ ।कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतका साथै स्थानीय जसपाका अगुवा नेता कार्यकर्ताको उल्लेख्य संख्यामा सहभागीता थियो ।

Related posts

एक मन्त्री लिएर लोसपा सरकारमा जान तयार

MadhesKhabar

पर्सामा ट्राफिक प्रहरीको सकृयता : ट्राफिक नियम उल्लंघन गर्नेबाट २ करोड बढी राजश्व संकलन

MadhesKhabar

मधेसी दलहरु समाप्त हुने बाटाेमा छन् : राजेन्द्र महत्तने

MadhesKhabar

Leave a Comment