Madhes Khabar
स्थानिय हेडलाइन

नेपालमै पहिलो पटक ड्रोन प्रयोग गरेर पर्सामा गरियो जग्गाको नापजाँच

वीरगन्ज,२३साउनःपर्साको पटेर्वासुगौली गाउँपालिका–२ रंगपुर टाडीमा भूमिहीन दलित र सुकुम्बासीका लागि जग्गा उपलब्ध गराउनका लागि जग्गाको नाँपचाच गरिएको छ । शुक्रबार वडा नम्बर २ रंगपुर टाँडीमा ड्रोन प्रविधि प्रयोग गरेर जग्गाको नापजाँच गरिएको हो ।

भूमिहीनहरुका लागि थालिएको जग्गाको नापजाँचका लागि ड्रोन प्रविधिको प्रयोग गरिएको नेपालमै पहिलो पटक भएको भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमदले बताए ।

उनका अनुसार, भूमि समस्या समाधान आयोगबाट अधिकृत अधिकृत तथा अनुमगन प्रमुख राजकुमार विश्वकर्मा नेतृत्वको टोलीले रंगपुर टाँडीमा जग्गाको नापजाँच गरेको हो।

आयोगका अध्यक्ष अहमदका अनुसार भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या छिटो समाधान गर्न उच्चतम प्रविधि प्रयोग गरिएको बताए । उनले भने, “ड्रोनले १० मिनेटमा सक्ने काम आयोगको पाँच जनाको जनशक्तिले गर्न एक महिना लाग्न सक्छ।”

यो प्रविधिको प्रयोग नेपालमै पहिलो पटक गरिएको आयोगले जनाएको छ। नापजाँचको क्रममा वडाअध्यक्ष विजय गैरे, आयोगका प्रशासन प्रमुख राजेन्द्र खड्का, नापी टोली प्रमुख तथा स्थानीयवासीको पनि उपस्थिति रहेको थियो ।

Related posts

बारामा १३ वर्षिया बालिकालाई बलात्कार गरि फरार बैठा ७ महिनापछि पक्राउ

MadhesKhabar

वीरगन्जका मेयर सिंहको अग्रसरतामा शंकराचार्य गेट क्षेत्रमा थप सौन्दर्यकरणको काम सुरु

MadhesKhabar

बाराका विद्यालयहरुमा प्रदेश सांसद साेनलले दिए १२४ थान पंखा र २२२ सेट बेञ्च

MadhesKhabar

Leave a Comment