Madhes Khabar
समाज हेडलाइन

बारामा १३ वर्षिया बालिकालाई बलात्कार गरि फरार बैठा ७ महिनापछि पक्राउ

वीरगन्ज, ६ जेष्ठ : बारामा १३ वर्षिया एक बालिकालाई बलात्कार गरि फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको आदर्श कोतवाल गाँउपालिका वडा नम्बर ३ घटनियाका २५ वर्षिय बिशोरी बैठा रहेका छन् ।

प्रहरीका अनुसार , गत कात्र्तिक १६ गते राति ९.३० बजेको समयमा बैठा र उनका साथीले शौचालय गर्न घर बाहिर निस्किएकी गाँउकै १३ वर्षिया बालिकालाई बलात्कार गरेका थिए ।

बलात्कारको घटनालगत्तै फरार रहेका बैठालाई काभ्रे जिल्लामा लुकिछिपी बसेको अवस्थामा यहि जेष्ठ ५ गते पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए । काभ्रेबाट पक्राउ परेका बैठालाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको पाण्डले बताए ।घटनामा संलग्न बैठाका साथी अझै पनि फरार रहेकाले उनकोे पनि खोजी भइरहेको पाण्डेले बताए ।

Related posts

भास्करद्वारा वीरगन्ज महानगरपालिकालाई ५ थान ल्यापटप सहयोग

MadhesKhabar

पर्साकाे रामभौरी भाथा धाममा साउने मेला सुरु

MadhesKhabar

नारायणी अस्पतालको ओसीएमसीबाट ३९५ जनाले सेवा लिए

MadhesKhabar

Leave a Comment