Madhes Khabar
समाज

पर्सामा अपाङ्गता भएका चार असक्तले लायन्स क्लबबाट पाए ह्वील चेयर

वीरगन्ज,२४चैतःपर्साको बहुदरमाई नगरपालिकाका वडा नम्बर ४, ५ र ६ का अपाङ्गता भएका चार जनालाई लायन्स क्लबले ह्वील चेयर प्रदान गरेको छ ।बहुदरमाई युवा समाज र सामाजिक अयिन्ता प्रकाश थारुको पहलमा लायन्स क्लबले अपाङ्गता भएका चार जनालाई ह्वील चेयर प्रदान गरेको हो ।

वीरगन्जमा शनिबार आयोजित लायन्स क्लबको दोश्रो बार्षिक जिल्ला सम्मेलनमा क्लबका पदाधिकारीहरुले बहुदरमाइ नगरपालिका वडा नम्बर ४ का डोकैलाका ठाकुर पंडित, बहुअरीका नगनारायण नुनिया, वडा नम्बर ५ भौराटारका राकेश यादव र वडा नम्बर ६ का कृष्ण कुमार यादवलाई ह्वील चेयर हस्तान्तरण गरेका हुन् ।

ह्वीयल चेयर नहुदाँ ती चारै जना अशक्तहरुको दैनिक जिवयनयापन कष्कटर रुपमा बितिइरहेको खबर पाएपछि पहल गरेर लायन्स क्लबबाट उनिहरुलाई ह्वील चेयर उपलब्ध गराइएको सामाजिक अभियन्ता प्रकाश थारुले बताए ।

 

Related posts

सिमान्तकृत समुदायको हक अधिकारका लागि बाराको फेटा १ मा संजाल गठन

MadhesKhabar

उपकार सेवा नेपालद्वारा वीरगन्जका एक पुरुषलाई ह्वील चेयर सहयोग

MadhesKhabar

त्रिशुली दुर्घटनाका पिडित चन्दनलाई १२ कक्षासम्म निःशुल्क पढाई दिने जीवनज्योति स्कूलको घोषणा

MadhesKhabar

Leave a Comment