Madhes Khabar
समाज हेडलाइन

त्रिशुली दुर्घटनाका पिडित चन्दनलाई १२ कक्षासम्म निःशुल्क पढाई दिने जीवनज्योति स्कूलको घोषणा

वीरगन्ज,९साउन : चितवनको सिमलतालमा गत असार २८ गते भएको बस दुर्घटनामा परेर ज्यान गुमाएका पर्साको सुखुवा प्रसौनी गाँउपालिका–२ का हृदयनारायण राउत थारुका कान्छा छोरा चन्दन राउतको कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरिदिने उनि हाल अध्ययनरत निजी विद्याालयले जनाएको छ ।

चन्दन हाल , वीरगन्जको रानीघाटस्थित जीवनज्योति इंंग्लीश बोर्डिङ स्कूलमा कक्षा ६ मा अध्ययनरत छन् ।गाँउपालिकाका अध्यक्ष यशवन्त यादवको पहलमा उक्त विद्यालयका सञ्चालक एंव प्रधानाध्यापक शीव गुप्ताले बुधबार चन्दनको घरमै पुगेर कक्षा १२ सम्मको निःशुल्क पढाइ दिने र भविष्यमा रोजगारीको अवसरपनि प्रदान गर्ने बताएका हुन् । त्यहि अवसरमा सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यादवलेपनि चन्दन र उनको परिवारलाई आफनो व्याक्तिगत तर्फबाट ५० हजार रुपैयाँ आर्थिक सहयोगपनि प्रदान गरे ।

त्यसअवसरमा गाँउपालिका अध्यक्ष यादवसंगै गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश रौनिया, वडा नम्बर २ का वडाध्यक्ष चिरञ्जीवी महतो थारु, दिपनरायण आदर्श नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवनाथ चौधरी लगायतकोपनि उपस्थिति रहेको थियो ।

असार २८ गते नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा खसेको लेदोसहितको पहिरोले वीरगन्जबाट काठमाडौं जाँदै गरेको एन्जल डिलक्सको बस र अर्को बस बगाएर त्रिशुली नदीमा बेपत्ता भएको थियो । उक्त दुर्घटनामा चन्दनका बुबा हृदयनारायण, आमा अभगवती देवी र दिदी चन्द्रप्रभा कुमारीको ज्यान गएको थियो । उक्त दुर्घटनामा परेर ज्यान गुमाएका सखुवा प्रसौनी गाँँउपालिकाका चार जना र महुवन स्वास्थ्य चौकीमा कार्यरत बाराकी सृष्टि यादव गरी ५ जनाका परिवारलाई सखुवा प्रसौनी गाँउपालिकाले राहतका रुवमा जनही १ लाख २५ हजार रुपैयाँका दरले सहयोग गर्ने घोषणा यसअघि नै गरिसकेको छ । उक्त रकम नयाँ आर्थिक वर्षको गाँउपालिकाको खाता खुल्ने बित्तिक्कै सम्बन्धित परिवारका सदस्यलाई प्रदान गरिने गाँउपालिका अध्ध्यक्ष यादवले बताएका छन् ।

Related posts

पर्सामा भूमीहिन र सुकुम्बासीलाई भूमी आयोगद्वारा निस्सा वितरण गर्न सुरु

MadhesKhabar

वन्यजन्तुको चोरी सिकारीमा मन्त्री जयसवाल र उनका भाईसहित ३ जनालाई निकुञ्जले दियो सफाई

MadhesKhabar

गौतम माविमा आयोजित कार्यक्रममा ४५ जनाले गरे रक्तदान

MadhesKhabar

Leave a Comment