Madhes Khabar
स्थानिय हेडलाइन

पर्सामा गाँजा खेती नष्ट गर्ने प्रहरीको अभियान फेरि सुरु


फाइल तस्बिर ।

प्रमोद यादव
पर्सा,७कार्तिकःपर्सामा केहि समययता रोकिएको लागू औषध गाँजाको खेती नष्ट गर्ने प्रहरीको अभियान फेरि सुरु भएको छ ।
जिल्लाको विभिन्न स्थानमा लुकीछिपी अवैध रुपमा गरिएको गाँजा खेती जिल्ला प्रहरी कार्यालय पर्साले मातहतका प्रहरी कार्यालय र चौकीमार्फत अभियान नै चलाएर नष्ट गर्दै आइरहेकोमा झण्डै ८ महिना यतादेखि उक्त अभियान रोकिएको थियो ।

तर बुधबारदेखि फेरि प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियान थालेको हो । यसैक्रममा बुधबार पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ थरघाटी टोलमा विभिन्न स्थानमा गरी २० कठ्ठामा लगाइएको करिब ८ हजार वटा गाँजाका बिरुवा प्रहरीले नष्ट गरेको हो । ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक मोहनजंग बुढा थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले गाँजाको बोट फडानी गरेपछि जलाएर नष्ट गरेको हो । उक्त गाँजा खेती गर्ने व्याक्ति र जग्गाधनीको पहिचान गर्ने काम भइरहेको र उनिहरुविरुद्ध आवश्यक कारबाही गरिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

 

जिल्लाको कुनैपनि स्थानमा कसैलेपनि गाँजाको खेती गरेको भए सूचना दिएर प्रहरीलाई सहयोग गर्न जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले जिल्लाबासीसंग अपिल नै गरेका छन् ।

 

Related posts

जिराभवानीको कार्यपालिका सदस्यमा काँग्रेसको प्यानल विजयी

MadhesKhabar

मधेस विरोधी एमाले र जसपासंग चुनावमा मधेसी जनताले जवाफ माग्नु पर्छ : रमेश रिजाल

MadhesKhabar

पर्साको बडेर्वा पुलमा लगाइएको राष्ट्रिय झण्डा चोरी गर्ने ११ जना पक्राउ

MadhesKhabar

Leave a Comment