Madhes Khabar
राजनीति हेडलाइन

मतदातालाई चौरसिया र कुर्मीको अपिल : जनताको पीर मर्का बुझ्ने नेता चुन्नु होला

मधेसखबर
वीरगन्ज, १९ कार्तिक : पर्सा क्षेत्र नम्बर २ मा पाँच दलीय सत्तागठबन्धनका उम्मेदवारहरुलाई चुनावी घरदैलोका क्रममा मतदाताहरुले भव्य स्वागत गरिरहेका छन् ।

मत माग्न घरदैलोमा पुगि रहेका प्रतिनिधीसभा सदस्यका उम्मेदवार अजय चौरसिया तथा प्रदेशसभा सदस्यका उम्मेदवारद्वय श्याम पटेल र रमेश कुर्मीलाई मतदाताहरुले आफै स्वागत गर्दै यसपालि गठबन्धनलाई नै मत दिने पनि बताएका छन् ।यसै क्रममा शनिबार वीरगन्ज महानगरपालिका वडा नम्बर २४ बहुअरीमा घरदैलो गर्दै पुगेका प्रतिनिधीसभा सदस्य उम्मेदवार चौरसिया र प्रदेशसभा सदस्य उम्मेदवार कुर्मीलाई मतदाताहरुले समर्थन गर्दै अबीर टिका लगाएर स्वागत पनि गरेका छन् ।

अरु दलका उम्मेदवार भन्दा गठबन्धनका उम्मेदवारहरु जनता माझ रहदै आएका भएकाले चौरसिया र कुर्मीलाई यसपालि आफुहरुले जिताउने बहुअरीका मतदाताहरुको भनाई थियो । मतदातासंग भेट्दै काँग्रेसबाट प्रतिनिधीसभा सदस्य उम्मेदवार चौरसियाले जनताको पीर मर्का बुझने नेतालाई नै चुन्न आग्रह गरे ।

उनले विगतमा आफु सांसद र मन्त्री बन्दाका बेला जनभावना अनुसार नै काम गरेको स्मरण गराउदै यसपालि जनताले अवसर दिए जनताको चाहना र आवश्यकतालाई शीरोधार्य गरेर काम गर्ने वाचा पनि गरे ।

यस्तै प्रदेशसभा सदस्यका उम्मेदवार कुर्मीले पनि विगत पाँच वर्षको कार्यकालमा आफुले गरेका कामहरु जनताका सामु सर्वविदीतै रहेको भन्दै फेरि अवसर पाएमा विगतको भन्दा पनि उत्कृष्ट काम गर्ने प्रतिबद्धता मतदाताहरु सामु जनाए ।शनिबार बिहानको घरदैलो कार्यक्रममा नेपाली काँग्रेस र लोसपाका दुवै दलका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

Related posts

पर्सा २ मा काँग्रेसका चौरसियाको शुरुवाती अग्रता

MadhesKhabar

मेडिकल कलेजका एमडी अन्सारी र ल्याब प्रमुख साह रिहा

MadhesKhabar

वीरगन्जबाट आइतबार देखि रोकिएको युरिया मलको ढुवानी सहमतीपछि शुरू

MadhesKhabar

Leave a Comment